काठमाण्डौ । नेपाल फाईभ पि नेपालभर रहेको प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसँग सरोकार राख्नेलाई एकै थलोमा भेला गराई व्यापार साझेदारी नवीनतम प्रविधि प्रदर्शन र संवाद गर्न, साझा मञ्च प्रदान गर्न एक मात्र उद्योग व्यापार विशेष अन्तराष्ट्रिय प्रदर्शनी आगामी पुष ४ देखि ६ गतेसम्म भृकुटीमण्डप काठमाडौंमा हुने भएको छ । 

नेपाल चेम्बर अफ कमर्समा आज आयोजित पत्रकार सम्मेलनमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल चेम्बरको पीएचडी चेम्बरसँग समझदारी पत्रमा हस्ताक्षर भई सहकार्य भईरहेको र २-३ महिना अगाडि मात्र रिजर्भ वायर्स सेलरर्स सम्बन्ध र नेपालभारत व्यापार सम्बन्धमा विशेष कार्यक्रम भएकाले मेलामा जिल्ला चेम्बरको सहभागिता हुने जानकारी दिए । उनले नेपाल इन्डिया सेन्टरको स्थापना पछि चेम्बरले यस किसिमका क्रियाकलपाहरुले थप प्रोत्साहनसहित सूचना प्राप्त गरी द्विपक्षीय व्यापार ,लगानी प्रबद्र्धनमा समेत यो मेलाले ठोस अवसर प्राप्त गरिनुपर्नेमा जोड दिए । 
 

पीएचडी चेम्बर अफ कमर्सका प्रिन्सिपल डाइरेक्टर नवीन सेथले नेपाल सार्क क्षेत्रमा दु्रतगतिमा बढिरहेको प्रमुख बजार भएकाले यस प्रदर्शनीले हजारौं संख्यामा रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङका खरिदकर्ता र यसै क्षेत्रका निर्णयकर्ताहरुलाई एकै ठाउँमा उभ्याउँदै पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङका खरिदकर्ता बीचको सिधा सम्पर्क प्रवद्र्धन गर्न आयोजकले विश्वास लिएको बताए ।

नेपालमा कच्चापदार्थको प्रमुख निर्यातकर्ता भारत भएकाले पनि भारतबाट आएका १०० भन्दा बढी कम्पनीहरुले चाईना, ताईवान, जर्मनी इटाली र नेपालका अन्य ५० कम्पनीहरु प्रदर्शनीमा सहभागिता जनाउने उनले बताए । छिमेकी मुलुकहरुबाट मात्र नभई यूरोप, अफ्रिका र अन्य एशियाली मुलुकहरुबाट प्रदर्शनहरुको सहभागिता रहने यस प्रदर्शनीलाई अन्तराष्ट्रियस्तरको कार्यक्रमको रुपमा विकास गर्न सक्नु गर्वको विषय भएकाले यस वर्षको नारा “बिल्डिङ नेपाल टुगेदर फर अ ब्राईटर टुमारो” नेपाल फाईप पि प्रर्दशनीको तयारी अन्तिम चरणमा पुगेको सेथले जानकारी दिए । 

नेपाल चेम्बर अफ कमर्स, भारतको पिएचडी च्याम्बर अफ कमर्स, स्क्रिन प्रिन्टिङ एशोसिएसन अफ इन्डिया र कोरुगेटेड बक्सेस म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपाल यस नेपाल फाईप पी एक्स्पोलाई सफल पार्ने भूमिकामा रहेका छन् । 

यस प्रर्दशनीमा प्रोसेसिङस मेसिनरी उत्पादकहरु, स्क्रिन प्रिन्टिङ, कन्टेनर, बि बकक, इन्डक्सन, मोल्डिङ् मेसिन, प्रिन्टिङ मेसिन, टेप प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी , प्रिन्टिङ स्पेर पार्टस, पेपर मेसिनरी, पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेर पार्टस, सिलाई मेसिनका उत्पादकहरु, प्याकेजिङ मेसिनरी, यार्प फिल्म उत्पादक, लेबल उत्पादक, कोरुगेट बक्स उत्पादक र अन्य थुप्रै उत्पादकहरुको सहभागिता रहने छ ।