काठमाण्डौ । नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनका लागि सहकार्य हुने भएको छ।
नेपालका लागि कतारका राजदूत युुसुफ विन मोहम्मद अल हैल र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीबीच पर्यटन बोर्डमा सोमबार भएको भेटवार्तामा दुवै देशबीच पर्यटन प्रवर्द्धन गर्न सकिने पर्याप्त सम्भावना रहेको र मिलेर काम गरे पर्यटन उद्योगलाई थप चलायमान बनाउन सकिने विषयमा छलफल भएको हो। बोर्डको निमन्त्रणमा आएका कतारका राजदूत युसुफले नेपाल प्रकृतिको अनुपम उपहार भएको उल्लेख गर्दै पूर्वाधार विकासमा थप जोड दिन सके नेपालले पर्यटनबाट आर्थिक विकास गर्न सक्ने बताए। ‘नेपाल विश्वकै सुन्दर देशमध्ये एक हो। म आफैँ पनि नेपालका धेरै ठाउँ पुगेको छु’, उनले भने, ‘यहाँको प्राकृतिक सौन्दर्यले म सधैँ लोभिने गरेको छु। तर यातायातको उचित प्रबन्ध र महँगो हवाई भाडाले गर्दा चाहेर पनि मानिसहरूले नेपाललाई आफ्नो गन्तव्य बनाउन सकेका छैनन्। यसमा ध्यान दिन सके राम्रो होला।’
राजदूत युसुफले नेपालको पर्यटन विकासका लागि नयाँ ढंगले सोच्न आवश्यक रहेको उल्लेख गर्दै नेपालको पर्यटन प्रवर्द्धनका लागि कतार सरकार सहयोग गर्न सधैँ तयार रहेको बताए।
भेटवार्तामा बोर्डका कार्यकारी प्रमुख रेग्मीले नेपालमा सरकार र निजी क्षेत्र दुवैले पर्यटन पूर्वाधार विकासमा ध्यान दिइरहेको जानकारी गराउँदै पर्यटन बोर्डले कतारसहित मध्यपूर्वमा पर्यटन प्रवर्द्धनका नयाँ योजना अगाडि सारेको बताए। उनले कतारबाट नेपाल आउन चाहने पर्यटकको आवश्यकताअनुरूपको व्यवस्थाका लागि नेपाल तयार रहेको बताए। ‘नेपाल आउन चाहने पर्यटकको स्वागतका लागि नेपाल तयार छ। खासगरी कतारी पर्यटकको लागि ‘हलाल’ खानाको उपलब्धता, प्रार्थना कक्षजस्ता आवश्यक पूर्वाधारको समेत व्यवस्था भइरहेको छ’, उनले भने।
रेग्मीले नेपाल र कतारबीच सीधा हवाई सम्पर्कसमेत रहेकोले पर्यटक आवागमनमा खासै समस्या नहुने बताए। उनले त्यसका लागि बोर्डले थप पहल गर्ने पनि बताए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago