काठमाण्डौ। यामाहा रेजेडआर हाइब्रिड- १२५ ले जारी नेपाल सुपर लिगलाई हेल्मेट र्‍याकहरू उपलब्ध गराएको छ।

यस पहलकदमीले सुरक्षाको प्राथमिकता र खेलाडी तथा प्रशंसकहरूको सुविधा बढाउने छ ।

सुपर लिगले फुटबल प्रेमीहरूलाई मोहित तुल्याइरहेको बेला रेजेडआर हाइब्रिड-१२५ को यो प्रयासले फुटवलका फ्यानहरूलाई हेल्मेट राख्नको लागि सुविधाजनक स्थान उपलब्ध हुनेछ ।

यसले रङ्गशालामा पुग्ने फुटबलप्रेमीहरूलाई आफ्नो हेडगियर राख्न सुरक्षित र पहुँचयोग्य ठाउँको सुनिश्चितता प्रदान गर्ने पनि बताइएको छ ।

नेपाली खेलकूद र विशेषगरी फुटबललाई समर्थन गर्ने लामो इतिहास बोकेको यामाहा ए डिभिजन लिगमा समेत सक्रिय रुपमा संलग्न छ।

यामाहाको एमएडब्लू टू ह्वीलर डिभिजनका अधिकारीहरूका अनुसार हेल्मेट र्‍याकको स्थापनाले फ्यानहरूमा फुटबलको रोमान्स अझै बढ्ने छ।