Rajesh Kazi Shrestha
काठमाण्डौ । चीन सरकारबाट अगाडि ल्याइएको पुरानो सिल्क रोड पुनः सुचारु गरी "One Belt One Road" अवधारणालाई मध्यनजर गर्दै नेपाल–चीन उद्योग वाणिज्य संघले डा. राजेशकाजी श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नेपाल सिल्क रोड चेम्बर अफ कमर्स परिषद गठन गरेको छ ।
नेपाल सिल्क रोडको अवधारणामा सहभागी हुने भएपछि सिल्क रोडको महत्वलाई ध्यानमा राखी सिल्क रोड चेम्बर गठन गरिएको नेपाल–चीन उद्योग वाणिज्य संघका महासचिव राष्ट्रभूषण चाकुबाजीले आइतबार विज्ञप्ति जारी गर्दै जनाएका छन् ।
चेम्बरका सदस्यहरुमा क्रमशः त्रिभुवनधर तुलाधर, विनोद बहादुर श्रेष्ठ, सुरेन्द्र वीर मालाकार, रण बहादुर श्रेष्ठ, राजेन्द्र मल्ल, उपेन्द्र पौड्याल, प्रसिद्ध बहादुर पाण्डे, किरण प्रकाश शाखः, अर्जुन प्रसाद शर्मा, उमेश लाल श्रेष्ठ, आर.वी. रौनियार, प्रकाश सिंह कार्की, विष्णु खत्री, डा. हसिश चन्द्र शाह, संजय अग्रवाल र जियाङ सिं पिङ रहेका छन् ।
नेपाल सिल्क रोड चेम्बर अफ कमर्स परिषद्को स्थापनाबाट सिल्क रोडले जेडिएका मुलुकहरुमा हुने गतिविधि र विकासबाट नेपालले लाभ लिन सक्ने गरी कार्यहरु अगाडि बढाइने बताइएको छ ।
सिल्क रोडमा एसिया, गल्फ तथा युरोपका राष्ट्रहरु समेत समावेश भई विकासका अवधारणाहरु अगाडि बढाउने भएकोले यातायात सञ्जाल, रेल, समुन्द्री मार्गबाट जोडिनुका साथै क्षेत्रीय व्यापार, लगानी, पर्यटन, उर्जा आदि क्षेत्रको विकासमा एकजुट भई सम्पूर्ण क्षेत्रले नै सम्बृद्धि हासिल चेम्बरको विश्वास छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago