काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले विभिन्न प्रदेशबाट ५ जना छात्रालाई स्नातक तहका लागि छात्रवृत्ति प्रदान गरेको छ ।
छात्रवृत्ति योजनाको उद्देश्य देशका आर्थिक अवस्था कमजोर भई उच्च शिक्षा हासिल गर्नबाट वञ्चित भएका मेहनती तथा जेहेन्दार छात्रा विद्यार्थीलाई निशुल्क पढ्ने वातावरण प्रदान गरी उनीहरुलाई रोजगारमुखी शिक्षा प्रदान गर्नु हो । यो छात्रवृत्ति प्राप्त गरेका छात्राहरुले एपीयूसँग आबद्ध एलबीईएफ (लर्डबुद्ध) क्याम्पस मैतीदेवीमा ३ वर्षे बीए बिजनेस म्यानेजमेन्ट स्नातक तह पढ्न पाएका पाउने भएका छन् ।
प्लस टु पास वा सोसरह अध्ययन गरेका विद्यार्थीले यो छात्रवृत्तिका लागि आवेदन दिएका थिए । यस योजनाबाट महिला विद्यार्थीहरुले ३ वर्षका लागि लाभ लिने भएका छन् । यस योजनाअन्तर्गतका प्रमुख छात्रवृत्ति छात्राहरुका लागि छुट्याइएको छ । यो विषय अध्ययनका लागि छात्रवृत्तिमा परेका विद्यार्थीले ३ वर्षको अवधिभर रु.६ लाख ६५ हजार रुपैयाँबराबरको अध्ययनशुल्कको छात्रवृत्ति प्राप्त गर्न सक्नेछन्।
चेम्बर र एलबीईएफ (लर्डबुद्ध) क्याम्पसबीच भएको समझदारीपत्र अनुसार गठित छनोट समितिले छात्रवृत्ति छनोट गरेको थियो । छात्रवृत्तिमा परेका छात्राहरुमा प्रदेश १ बाट अनु पौडेली (संखुवासभा), प्रदेश १ बाटै मेनुका गुरुङ (इटहरी), प्रदेश २ बाट सुप्रया ठाकुर (रौतहट), प्रदेश ३ बाट अन्वेषा खड्का (दोलखा) र प्रदेश ३ बाटै कृटिना श्रेष्ठ (काठमाण्डौ) छन् ।
आगामी वर्षदेखि सबै प्रदेशको प्रतिनिधि हुने गरी छनोट गर्ने व्यवस्था गरिएको चेम्बर अफ कमर्सको शिक्षा तथा खेलकुद समितिका अध्यक्ष दिपक काजी तुलाधरले जानकारी दिनुभयो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago