काठमाण्डौ । निजी क्षेत्रको एउटै संस्थाको उपल्लो तहमा बस्नेहरु कसरी आफ्नै सहकर्मीहरुको मानमर्दन गर्छन् भन्ने कुराको उदाहरण पछिल्लो पटकको एउटा घटना भएको छ ।
संभवत नेपालको निजी क्षेत्रसँग सम्बन्धित सक्रिय संस्थाहरुको इतिहासमै पहिलोपटक एक पदाधिकारीले अर्का पदाधिकारीविरुद्ध आफूलाई ब्ल्याकमेलिङ गरेको भन्दै उजुरी दिएका छन् । निजी क्षेत्रका अगुवाहरु यो घटनालाई गम्भीर रुपमा लिनुपर्ने सुझाव दिइरहेका छन् ।
घटना हो नेपाल चेम्बर अफ कमर्सका एक उपाध्यक्षले आफूले लगानी गरेको मिडियाबाट अर्का अध्यक्षविरुद्ध समाचार प्रकाशन गरेको विषय । चेम्बरका उपाध्यक्ष नरेश श्रेष्ठले आफूलाई ब्ल्याकमेलिङ गरेको भन्दै अर्का उपाध्यक्ष दीपक मल्होत्राले चेम्बरमा उजुरी दिएपछि यो घटना बाहिरिएको हो । मल्होत्राले आफूविरुद्ध श्रेष्ठले संचालन गरेको एक मिडियाबाट अनर्गल कुरा आएपछि प्रेस काउन्सिल नेपालमा पनि उजुरी दिएका छन् ।
‘यसअघि समेत निजी क्षेत्रका संघसंस्थामा आबद्ध नेताहरुबीच हिलो छ्यापछ्याप गर्ने प्रवृति नभएको होइन ।’ चेम्बरकै एक पदाधिकारीले बिजशालासँग भने–‘तर, मल्होत्रा जीमाथिको प्रहार त अत्यन्त तल्लो स्तरको भयो । आफूले चलाएको मिडियामा मल्होत्राले विजिनेश दिएनन् भनेर आफ्नै सहकर्मीले मानमर्दन हुने गरी समाचार प्रकाशन गर्न लगाउनु सर्वथा गलत छ ।’
मल्होत्राले दिएको लिखित उजुरीमा समाचारमा आफूमाथि लागेका आरोप पुष्टि हुनुपर्ने शर्त राखेका छन् । उनले प्रेस काउन्सिलमा दिएको उजुरीमा आफूमाथि अन्याय भएको र जथाभावी गर्ने मिडिया तथा त्यसका संचालकलाई कारबाहीको माग पनि गरेका छन् ।
‘श्रेष्ठले संचालन गर्ने मिडियामा आर्थिक सहयोग नगरेपछि आफूविरुद्ध नियोजित ढंगले समाचार प्रकाशन गर्न लगाइएको दाबी मल्होत्रा जीले गर्नुभएको छ ।’ चेम्बरका ती पदाधिकारीले भने–‘हामी यो विवादलाई मिलाउने कोशिश गरिरहेका छौं ।’
मल्होत्राले चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठसँग भेटेर आफ्नै सहकर्मीको मानमर्दन हुने गरी गतिविधि गर्ने श्रेष्ठलाई चेम्बरबाट निश्कासन गर्नुपर्ने माग समेत गरेका स्रोत दाबी गर्छ । ‘मल्होत्राजीले चेम्बरमा कि म रहन्न, कि त ऊ रहनुहुन्न भनेर आउनुभएका थियो ।’ स्रोत भन्छ–‘मल्होत्राजीमाथि अन्याय नै भएको देखिन्छ ।’
उजुरी परेपछि चेम्बरका अध्यक्ष श्रेष्ठको समन्वयमा यो विषयमा एक चरणको छलफल समेत भइसकेको छ । जसको पुष्टि अध्यक्ष श्रेष्ठले गरेका छन् । उनले चेम्बरका दुई अध्यक्षबीच विवाद देखिएको र त्यसलाई मिलाइने प्रतिक्रिया दिएका छन् ।
आरोपित चेम्बरका उपाध्यक्ष नरेश श्रेष्ठसँग यो विषयमा प्रतिक्रिया लिन खोज्दा सम्पर्कमा आउन चाहेनन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago