काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेडका सम्पूर्ण भिजा डेबिट कार्डवाहक ग्राहकले अब डा लाल प्याथल्याब नेपाल प्रालिमा प्याथोलोजी सेवामा १५ प्रतिशतसम्मको छुट पाउने भएका छन्।

बैंक र डा लाल प्याथल्याबबीच यस विषयमा सम्झौता भएसँगै अब डा लाल प्याथल्याबमा प्याथोलोजी सेवा लिँदा कार्ड प्रयोगमा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन्।  

उक्त सम्झौतापत्र बैंकका प्रमुख व्यवसाय प्रबद्र्धन अधिकृत छपिराज पन्त तथा डा लाल प्याथल्याबका क्षेत्रीय बिक्री प्रबन्धक प्रविनकुमार सिंहले हस्ताक्षर गरेका छन्।