काठमाण्डौ। वृज सिमेन्ट नेपाल स्टारको दोश्रो ठूलो स्पोन्सर ब्रान्डले नेपाल स्टारका १० उत्कृष्ट प्रतियोगीहरुलाई प्रत्येक हप्ताको प्रतिस्पर्धापछि ‘वृज सिमेन्ट एक्सपर्ट च्वाइस नेपाल स्टार एक्सपर्ट अफ द डे’ घोषणा गरी रु. १० हजारका दरले नगद र ट्रफी प्रदान गर्ने भएको छ।

आज भएको एक औपचारिक कार्यक्रममा वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिका प्रवन्ध निर्देशक मनोजकुमार केडियाले उक्त घोषणा गरेका हुन्। नेपाल स्टार नेपालको आफ्नै गायन प्रतियोगिता हो। यो प्रतियोगिताका लागि नेपालभरबाट अडिसन लिई गत वर्ष फागुन २४ गतेदेखि नेपाल टेलिभिजनवाट प्रशारण शुरु भएको छ। नेपाल स्टार यो पहिलो सिजन पनि हो। 

उक्त नगद पुरस्कार घोषणा कार्यक्रममा नेपाल स्टारका निर्णायक संगीतकार आलोक श्री, गायक रामकृष्ण ढकाल एवं गायिका अन्जु पन्तको उपस्थिति रहेको थियो भने नेपाल स्टारका निर्देशक रवि श्रेष्ठ एवं कि एडभरटाइजिङ सर्भिस प्रालिका प्रवन्ध निर्देशक रविन्द्रकुमार रिजाल समेतको उपस्थिति थियो।