काठमाण्डौ । नेपाल भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा साथ दिएको फोनपे पेमेन्ट सर्विस लिमिटेडले सहयोग रकम हस्तान्तरण गरेको छ ।
यस अभियान अन्तरगत फोन पे नेटवर्कबाट अन्तरबैंक कारोबार गर्दा प्रतिकारोबार रू एक छुट्याइएको थियो । यसरी छुट्याइएको ५ लाख ९१ हजार ६ सय ७ रूपैयाँ नेपाल भेन्टिलेटर बैंकलाई उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
सहयोग रकम एफवान सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वास ढकालले भेन्टिलेटर बैंकका अध्यक्ष निरञ्जन श्रेष्ठलाई हस्तान्तरण गरे । भेन्टिलेटर बैंकलाई सहयोग गर्नका लागि भाद्र १ गतेदेखि एक महिनासम्म यो अभियान लागू गरिएको थियो ।
एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकालले भने, ‘यो विषम परिस्थितिमा भेन्टिलेटरको अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्धेश्यले भेन्टिलेटर बैंकलाई थोरै भएपनि सहयोग गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौँ ’।
फो पे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली अपरेटर हो । फोनपे नेटवर्कमा ५२ वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् भने एक लाख ६० हजार बढि मर्चेन्ट रहेका छन् । ११ लाख मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ३२ लाख बढी भुक्तानी सेवा प्रदायकका मोबाईल एप्समार्फत यसले सेवा प्रदान गर्दै आएको छ । फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’पीसीआइ डिएसएस भि थ्रि.टु.वान प्रमाणीकरण प्राप्त संस्था हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago