 
                     
                                
                             
                                    काठमाण्डौ । गल्फ लुब्रिकेन्टको आधिकारिक वितरक नेपाल ल्युब आयल लिमिटेडले काठमाण्डौ क्षेत्रमा धेरै लुब्रिकेन्ट बिक्री गरेबापत क्लब स्किमअन्तर्गत सिन्धुली अटो सुकेधाराका सञ्चालक हिरणबहादुर बुढाथोकीलाई सुजुकी स्विफ्ट जेडएक्सआई कार हस्तान्तरण गरेको छ।
बुढाथोकीले विगत ४ वर्षदेखि नेपाल ल्युब आयलको काठमाण्डौ क्षेत्रको आधिकारिक वितरक एभ ट्रेडिङ प्रालिअन्तर्गत गल्फ लुब्रिकेन्ट बिक्रीवितरण गर्दै आएका छन्। गत शुक्रबार आयोजित एक कार्यक्रमका बीच नेपाल ल्युब आयलका जनरल म्यानेजर गंगाराज भट्टराई (प्रकाश) र एभ ट्रेडिङका प्रबन्ध सञ्चालक मधुसूदन सिग्देलले बुढाथोकीलाई गाडी हस्तान्तरण गरे।
उक्त अवसरमा नेपाल ल्युब आयलका डिलर इनचार्ज जयप्रकाश पञ्जियार र मार्केटिङ अफिसर समिप तिमिल्सिनाको समेत उपस्थिति थियो।
गल्फ लुब्रिकेन्ट धेरै बिक्री गर्ने र अर्को आर्थिक वर्षमा समेत धेरै बिक्री गर्न प्रतिबद्धता ब्यक्त गर्ने बिक्रेताहरुलाई नेपाल ल्युब आयलले क्लब स्किमअन्तर्गत सुजुकी गाडी हस्तान्तरण गर्नेछ।
एभ ट्रेडिङले विगत ८ वर्षदेखि नै काठमाण्डौ क्षेत्रमा नेपाल ल्युब आयलअन्तर्गत गल्फ लुब्रिकेन्टको आधिकारिक वितरकको रुपमा कार्य गरिरहेको छ।
नेपाल ल्युब आयलले ३४ वर्षभन्दा लामो समयदेखि गल्फ लुब्रिकेन्ट निर्माण गरीबिक्री वितरण गरिरहेको छ। यसले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा प्राविधिक सम्झौता गरी नेपालमै लुब्रिकेन्ट निर्माण गरिरहेको छ। गल्फ अन्तर्राष्ट्रिय ब्रान्ड हो।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19