काठमाण्डौ। नेपाल चेम्बर अफ कमर्शले आज शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई स्वास्थ सामग्रीहरु हस्तान्तरण गरेको छ। 

चेम्बरका तर्फबाट अध्यक्ष राजेन्द्र मल्लले अस्पतालका तर्फबाट डा. राजेश शाहलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्। चेम्बरबाट विगतमा पनि यस्तै सामग्री प्राप्त भएको स्मरण गर्दै डा शाहले चेम्बरलाई धन्यवाद दिए। 

अध्यक्ष मल्लले त्रिवि शिक्षण  अस्पतालको आकस्मिक कक्षलाई पनि स्वास्थ सामग्री हस्तान्तरण गरे। त्रिवि शिक्षण अस्पताल आकस्मिक कक्षका तर्फबाट प्राडा योगेन्द्रमान शाक्यले सामग्री ग्रहण गरे। 

त्यसैगरी अध्यक्ष मल्लले राधास्वामी अक्सीजन थेरापी आइसोलेशन सेन्टर गोंगबुका लागि पनि स्वास्थ सामग्री उक्त केन्द्रका तर्फबाट नेपाली सेनाका डा. क्याप्टेन मुक्तिनाथ शाखीलाई हस्तान्तरण गरेका छन्। 

आज चेम्बरका तर्फबाट हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीमा पीपीई सेट, सर्जिकल मास्क, सर्जिकल पन्जा, स्यानिटाइजर तथा सिटामोल छन्। 

अध्यक्ष मल्लले चेम्बरले केही दिनमा सरकारी अस्पतालहरुलाई अक्सिजन सिलिन्डर र कन्सन्टे«ट उपलब्ध गराइने तयारी हुंदै गरेको बताए। सोही अवसरमा चेम्बरका उपाध्यक्ष तथा नेपाल चेम्बर कोभिड व्यवस्थापन समितिका संयोजनक दीपककुमार मल्होत्रा, चेम्बरका उपाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठ तथा कार्य समिति सदस्य नवराज ढकालको पनि उपस्थिति थियो।