काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्नो ८७ औँ शाखा सिन्धुलीको कमलामाई नगरपालिकास्थित सिन्धुलीमाडीमा विस्तार गरेको छ।
नयाँ शाखाको उद्घाटन सिन्धुलीका मेयर खड्गबहादुर खत्री र प्रबन्धक सुशीलकुमार श्रेष्ठले गरेका थिए। सिन्धुलीमाडी शाखाले ग्राहकलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरतालाई फराकिलो पार्ने उद्देश्यले स्थानीय मागलाई पूर्ण रुपमा पूरा गर्ने बैंकिङ सेवाहरु प्रदान गर्ने बैंकले जनाएको छ।
बैंकले ८७ शाखा, १३० एटीएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरबाट ग्राहकलाई सेवा पुर्याइरहेको छ। पाँचपटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द इयर’ अवार्ड पाइसकेको बैंक अन्तर्राष्ट्रिय प्रकासन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०७५ र २०७८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ।
यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago