काठमाण्डौ। नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका कार्ड प्रयोगकर्ताले अब ‘मोको’ एपबाट भुक्तानी गर्नसक्ने भएका छन्।

नेपाल राष्ट्र बैंकद्वारा लाइसेन्स प्राप्त भुक्तानी सेवा प्रदायक फोकसवान पेमेन्ट सोलुसनले आफ्नो मोबाइल डिजिटल वालेट ‘मोको’ आजबाट सुरु गरेको छ। फोकसवानकै सहकार्यमा नेपाल इन्भेस्टमेन्ट बैंकका कार्ड प्रयोगकर्ताले अब यो मोको एपबाट भृुक्तानी गर्न सक्ने भएका हुन्।  

डिजिटल भुक्तानीमा विश्वव्यापी प्रख्यात भिसासँग साझेदारी यस ‘मोको’ डिजिटल वालेट अनलाइन भुक्तानीमा एक नयाँ परिर्वतन हो। जहाँ प्रयोगकर्ताहरु सजिलै आफ्नो फोनमा भिसा कार्ड विवरण लिंक गर्न सक्छन् र एक मर्चेन्टमा प्रदर्शित क्यूआर कोड स्क्यान गरेर लेनदेनका लागि भुक्तानी सुरु गर्न सक्छन्।  

यो एप सुरक्षित छ भनी पेमेन्ट कार्ड इन्डस्ट्री सेक्युरिटी स्ट्यान्डर्ड (पीसीआई डीएसएस) प्रोटोकलद्वारा मान्यता प्राप्त छ। 

यो क्यूआर भुक्तानीको प्रक्रियाले एक अन्तरक्रिय, सुरक्षित र स्थिर सिस्टमको आवश्यकतालाई सम्बोधन गर्दछ। जसबाट प्रयोगकर्ताले एउटा मोबाइल एपको प्रयोगले नै क्यूआर कोडका माध्यमबाट विभिन्न मर्चेन्ट आउटलेटहरुमा भुक्तानी गर्न सक्छन्। 

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका भिसा कार्ड प्रयोगकर्ताले  अब ‘मोको’ एपमा आफ्नो डेबिट वा क्रेडिट कार्डहरु लिंक गरी खरिद तथा विभिन्न सेवाहरुको जस्तै– टेलिकम टप अप, इन्टरनेट र बिजुली बिल भुक्तानीका लागि प्रयोग गर्न सक्नेछन्। यो सेवा लिन डिजिटल वालेटमा ग्राहकले पटकपटक ब्यालेन्स लोड गरिरहन पर्दैन। हरेक समय ‘मोको’ प्रयोगकर्ताले लेनदेनको समयमा अपलोड गरिएको भिसा कार्डबीच कुनै पनि कार्ड छनौट गर्न सक्छन्।

मोको प्रयोगकर्ताले किनमेलको समयमा एपमा अपलोड गरिएको कुनै पनि भिसा कार्ड भुक्तानीका लागि छनौट गर्न सक्छन्। अन्तरक्रिय सिस्टमयुक्त मोको धेरै बैंक कार्डहरुका लागि एकल डिजिटल एक एकल वालेटका रूपमा कार्य गर्दछ।

भिसाका लागि नेपाल, बंगलादेश र भुटानका कन्ट्री म्यानेजर सौम्या बासुले भने, ‘हामी मोकोका साथ स्क्यान–टु–पे सुविधा सुरु गर्न पाउँदा खुसी छौँ। भिसाको लक्ष्य सधैँ सबैका लागि सजिलो सेवा सबैमा पुर्याउनु रहेको छ र सबैप्रति समर्पित एक नेटवर्कका रुपमा हामी डिजिटल भुक्तानीलाई कार्ड प्रयोगकर्ता तथा व्यापारीहरुमाझ अधिक सुविधाजनक, सहज र सुरक्षित बनाउन चाहन्छौँ। यो साझेदारीका साथ, हामी विश्वस्त छौँ कि नेपालका प्रयोगकर्ताहरु अब आफ्नो भिसा कार्डको विवरण स्मार्टफोनमा प्रयोग गरी ढुक्कले क्यूआर पेमेन्ट गर्न सक्छन्। जुन सेवा व्यापारीहरुले पनि फाइदाजनक तरिकाले प्रदान गर्न सक्छन्।’

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे भन्छन्, ‘नियमकको क्यूआर पेमेन्ट अनुभवलाई लोकप्रिय बनाउने लक्ष्यलाई ध्यानाकर्षण गर्दै हामीले नेपालका एक भुक्तानी सेवा प्रदायक फोकसवान पेमेन्ट सोलुसनसँग सम्झौता गर्दै हाम्रा भिसा कार्ड प्रयोगकर्ताहरुका लागि एक अन्तर्राष्ट्रिय क्यूआर प्लेटफर्म सुचारु गरेका छौँ।’ 

फोकसवान पेमेन्ट सोलुसन सहसंस्थापक र मुख्य कार्यकारी अधिकृत प्रणय राजभण्डारीका अनुसार ‘मोको’ एक पहिलो किसिमको ‘ओपन लुप नन–स्टोर भ्यालु’ डिजिटल वालेट हो, जसमा ग्राहकहरुले सजिलै आफ्नो कार्डको विवरण राखी तुरुन्तै प्रयोगमा ल्याउन सक्छन्। ‘कम्पनीले आगामी महिनामा १० भन्दा बढी अन्य बैंकहरुसँगको सेवा थप गर्नेछन् र निकट भविष्यमा सबै बैंक र वित्तीय संस्थाहरुमा सेवा विस्तार गर्ने योजना राखेका छौँ’, उनले भने। 

मोको एप गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा डाउनलोडका लागि उपलब्ध छ।