काठमाण्डौ । नेपालको पहिलो बैंक नेपाल बैंकका कर्मचारी, कर्मचारीका परिवारका सदस्य र ग्राहकलाई धुलिखेलको आगन्तुक रिसोर्टमा २५ प्रतिशतसम्म विशेष छुट पदान गर्ने सम्झौता गरिएको छ।
नेपाल बैंक र आगन्तुक रिसोर्टबीच सोमबार सम्झौताबमोजिम नेपाल बैंकका कर्मचारी र कर्मचारीका परिवारका सदस्यले आगन्तुक रिसोर्टमा खाना तथा आवासमा २५ प्रतिशत र पेय पदार्थमा लाग्ने शुल्कमा १५ प्रतिशत छुट पाउनेछन्।
त्यसैगरी नेपाल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टनेट बैंकिङ र क्यूआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकलाई पनि उक्त छुट दिने व्यवस्था गरिएको छ।
नेपाल बैंकको प्रधान कार्यालयमा भएको उक्त सम्झौतामा नेपाल बैंकका प्रमुख वित्त अधिकृत होमबहादुर खड्का र आगन्तुक रिर्सोटका तर्फबाट बोर्ड संयोजक कृष्ण ज्ञवालीले हस्ताक्षर गरेका छन्।
कार्यक्रममा वित्त अधिकृत खड्काले आगन्तुक रिसोर्टले नेपाल बैंकका कर्मचारी र ग्राहकलाई विषेश छुट प्रधान गर्ने निर्णय गरेकोमा रिसोर्टप्रति हार्दिक आभार व्यक्त गरे।
आगन्तुक रिर्सोटका बोर्ड संयोजक ज्ञवालीले नेपालको ठूलो र सबल बैंकसँग सहकार्य गर्ने पाउँदा खुसी व्यक्त गर्दे आगामी दिनमा यो सहकार्य थप मजबुत हुंदै जाने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेपाल बैंकका बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कँडेल र आगन्तुक रिसोर्टका मार्केटिङ प्रमुख प्रभाकर खड्कालगायतको पनि उपस्थिति थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago