काठमाण्डौ । नेपाल बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।
बैंकले विभिन्न पदमा २७३ जना कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको हो। इच्छुक उम्मेदवार आजैबाट अनलाइन दरखास्त पेस गर्न सक्नेछन्।
बैंकले सातवटै प्रदेशअन्तर्गतका शाखा कार्यालयहरुका लागि सहायक (चौथो तह) पदमा १४८ जना भर्ने गर्ने भएको छ। जसअन्तर्गत प्रदेश १ मा ३१, मधेस प्रदेशमा ३१ जना, बागमती प्रदेशमा ५१ जना, गण्डकी प्रदेशमा १० जना, लुम्बिनी प्रदेशमा २१ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा २ जनाका लागि दरखास्त खुलाइएको छ। यो पदमा आवेदन दिन मान्यता प्राप्त संस्थाबाट व्इवस्थापन वा अर्थशास्त्र (मावविकी) मा न्यूनतम स्नातक गरेको हुनुपर्नेछ।
यसैगरी बैंकले सातवटै प्रदेशअन्तर्गतका शाखा कार्यालयहरुका लागि कनिष्ठ सहायक (गोल्ड टेस्टर) पदमा ९२ जना भर्ने गर्ने भएको छ। जसअन्तर्गत प्रदेश १ मा १७, मधेस प्रदेशमा १५ जना, बागमती प्रदेशमा २७ जना, गण्डकी प्रदेशमा १२ जना, लुम्बिनी प्रदेशमा ११ जना, कर्णाली प्रदेशमा ५ जना र सुदूरपश्चिम प्रदेशमा ५ जनाका लागि दरखास्त खुलाइएको छ। यस पदका लागि मान्यता प्राप्त संस्थाबाट व्यवस्थापनमा प्रमाणपत्र तह वा प्लस टु गरेको हुनुपर्नेछ।
यस्तै बैंकले सहायक प्रबन्धकमा ५६ जनाका लागि दरखास्त खुलाएको छ। यो पदका लागि मान्यता प्राप्त संस्थाबाट व्यवस्थापन वा अर्थशास्त्र (मानविकी)मा न्यूनतम स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्नेछ।
बैंकले सहायक प्रबन्धक (सीए) मा २ जना, सहायक प्रबन्धक (आईटी) मा ४ जना र सहायक (आईटी) मा २ जनाका लागि दरखास्त खुलाएको छ।
इच्छुक उम्मेदवारले चैत १० गतेसम्म आवेदन दिन सक्नेछन्।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19