 
                     
                                
                             
                                    काठमाण्डौ। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको काठमाण्डौ महानगरपालिका–२८ कमलादीस्थित साविक प्रधान कार्यालय रहेको स्थानमा निर्माण हुन गइरहेको नयाँ कर्पोरेट भवनको शुक्रबार शिलान्यास गरिएको छ।
बिहान ९ बजेको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र कम्पनीका सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माले संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन्।
कम्पनीको काठमाण्डौ महानगरपालिकाको न्युरोड र पर्साको वीरगन्जमा आफ्नै भवनमा कार्यालय सञ्चालनमा रहेको छ। अब विराटनगर तथा नारायणगढमा रहेका जग्गामा समेत आफ्नै भवन बनाउने कम्पनीको योजनो छ।
कम्पनीले देशका विभिन्न क्षेत्रमा प्रधान कार्यालयसमेत ५९ वटा शाखा, उपशाखा र सेवा केन्द्रबाट बीमितहरुलाई सहज र सरल रुपमा उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आएको छ। आगामी दिनमा आवश्यकताका आधारमा कम्पनीको शाखा सञ्जाललाई विस्तार गरी देशको ग्रामीणस्तरसम्म सेवाग्राहीलाई बीमा सेवाको पहुँच पुर्याउने अठोटका साथ नियमनकारी निकायहरुको निर्देशन तथा बीमकको संस्थागत सुशासनहरुको पालन गरी लक्ष्यअनुसार नै कम्पनी अगाडि बढिरहेको छ।
विगत ७५ वर्षदेखि निरन्तर रुपमा नेपाली बीमा बजारमा आफ्नो छुट्टै सुनौलो पहिचान, शाख र प्रतिष्ठा कायम राख्दै विश्वाशीलो र भरपर्दो कम्पनीका रुपमा बीमाका नवीनतम सेवासहित बीमितको सेवा र सन्तुष्टिलाई ध्यान दिई बीमा व्यवसाय प्रवर्द्धन गर्ने कार्यलाई निरन्तरता प्रदान गर्दै आएको कम्पनीले जनाएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19