काठमाण्डौ । बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेडले यही साउन २९ गते काठमाण्डौमा ‘नेपाल इकोनोमिक आउटलुक २०२३ एन्ड विओन्ड’ सम्मेलनको आयोजना गर्ने भएको छ।
सम्मेलनमा स्वदेश तथा विदेशका गरी १५ जना विशिष्ट व्यक्तित्वहरुले कार्यपत्र प्रस्तुति एवं सारगर्वित मन्तव्यहरु राख्नेछन्।
सम्मेलनमा बैंक, वित्तीय संस्था, इन्स्योरेन्स र अन्य क्षेत्रका करिब १५० सहभागीहरुले आफ्नो सहभागिताको सुनिश्चित गरिसकेका छन्।
कार्यक्रमको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलबाट गरी सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ।
यसै सत्रमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना, बंगलादेश बैंकका पूर्वगभर्नर डा. अतुर रहमान र राष्ट्रिय वाणिज्य वैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्मेलनमा सम्बोधन गर्नेछन्।
कार्यक्रमको दोस्रो सत्रमा बंगलादेश बैंकका पूर्वगभर्नर डा. अतुर रहमानले ‘ग्लोबल इकोनोमिक क्राइसिस एण्ड लिडरसिप च्यालेन्जेजः अ रेगुलेटरी प्रस्पेक्टिभ’ विषयमा प्रस्तुति गर्नेछन्।
सम्मेलनको मुख्य आकर्षण रहेको सत्र बैंकिङ, इन्स्योरेन्स र इकोनोमीअन्तर्गत ‘म्याक्रो इकोनोमिक रिस्क एन्ड च्यालेन्जेज अफ नेप्लिज इकोनोमी’ विषयमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.प्रकाश कुमार श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नेछन्।
यसै सत्रमा स्टेट बैंक अफ इन्डियाका चिफ जनरल म्यानेजर एवं प्रमुख अनुकोल भट्नागरले ‘दि बैंक इन २०३०’ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्।
त्यसैगरी लघुवित्त क्षेत्रका विषयवस्तुलाई सम्बोधन गर्नको लागि ‘द प्mयुचर अफ माइक्रोफाइनान्सः प्रस्पेक्ट, च्यालेन्जेज एन्ड अपर्च्युनिटिज्’ विषयमा माइक्रोफाइनान्स इन्टिच्युट नेटवर्क भारतका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक डा. आलोक मिश्रले कार्यपत्र प्रस्तुत गर्नेछन्।
इन्स्योरेन्स क्षेत्रका विषयवस्तुलाई सम्बोधन गर्नको लागि विमा समितिका निर्देशक सुशिलदेव सुवेदीले ‘द इनोभेटिभ मोडल अफ इन्स्योरेन्सः प्रस्पेक्ट, च्यालेन्जेज् एन्ड अपर्च्युनिटिज’ विषयमा कार्यपत्र प्रस्तुत गर्नु हुनेछ। नेपाल बैकर्स एशोसिएसनका अध्यक्ष अनिलकुमार उपाध्याय र विफिनका प्रवन्ध निर्देशक डा. विनोद आत्रेयले समेत यस सत्रमा आफ्ना धारणाहरु राख्नेछन्।
सम्मेलनको अर्को आकर्षणको विषय रहेको इन्फ्राइस्टक्चर फाइनान्सिङअन्तर्गत एशियाली विकाश बैंकका पूर्वउपाध्यक्ष डा. विन्दुनाथ लोहनीले ‘इन्फ्रास्टक्चर इन्भेष्टमेन्टः ग्याप, मोडेल्स् एण्ड अपर्च्युनिटिज’ विषयमा प्रस्तुतिकरण गर्नेछन्।
त्यसैगरी ‘ट्रेन्ड, रिष्क एण्ड इन्फास्टक्चर इन्भेस्टमेन्ट आउटलुक इन नेपाल’ विषयमा लगानी वोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले आफ्ना भनाइ राख्नेछन्। बैंकिङ क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल इन्फास्टक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले ‘बैंकर्स प्रस्पेक्टिभ इन इन्फ्रास्टक्चर फाइनान्सिङः करेन्ट स्टेन्स एण्ड फ्युचर स्टेप्स’ विषयमा आप्mनो प्रस्तुतिकरण गर्नेछन्।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टले यस सत्रलाई सम्बोधन गर्नेछन्।
बिफिन स्थापनाको चौथो वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना सन्देशसहित सम्मेलनको अन्त्यमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले सम्बोधन गर्ने कार्यक्रम छ।
यस सम्मेलनको टाइटल प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेको छ भने मुख्य प्रायोजकको रुपमा भिक्टोरिया युनिभर्सिटी, मेलबर्न, अष्ट्रेलिया र भूमी डेभलपर्स नेपाल रहेका छन्। त्यसैगरी सम्मेलनको सहप्रायोजकहरुमा नेपाल बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड, नेपाल एसविआइ बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, एनआईसी एशिया बैंक लिमिटेड, एनसिसी बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड, महालक्ष्मी विकास बैंक लिमिटेड, नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सनलाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन्। यस सम्मेलनलाई सफल बनाउन सहयोग पुर्याउने कार्यपत्र प्रस्तोता एवं विशिष्ट वक्ताहरु, प्रायोजकहरु र सहभागी मनोनयन गर्ने सम्पूर्ण बैंक तथा वित्तिय संस्थाप्रति विफिन आभार व्यक्त गर्दछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19