काठमाण्डौ । युरोपको सबैभन्दा ठूलो र चर्चित घरेलु उपकरण निर्माता कम्पनी बीएसएच होम अप्लायन्सेसको ‘बोश’ ब्रान्ड नेपाली बजारमा भित्रिएको छ।
नेपालको परिचित लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इलेक्ट्रो टेक प्रालिसँगको साझेदारीमा बीएसएच होम अप्लायन्सेसले नेपालमा बोश ब्रान्ड सार्वजनिक गरेको हो।
बीएसएच होम अप्लायन्सेसले अबको दुई वर्षभित्र बोश ब्रान्डका घरेलु उपकरणहरुलाई बजारमा विस्तार गर्ने योजना राखेको छ। कम्पनीले काठमाण्डौस्थित कमलादीमा रहेको आईटी प्लाजामा बोशको अत्याधुनिक स्टोरको स्थापनासमेत गरेको छ।
स्टोरमा बोशका उच्च गुणस्थरीय रेफ्रिजरेटर (फ्रिज), वासिङ मेसिन, डिशवाशर, मिक्सर ग्राइन्डर र थप उपकरणहरु प्रदर्शनी एवम् बिक्रीको लागि राखिएको छ। यी सबै जर्मन प्रविधिमा आधारित उपकरणहरु हुन्।
अहिलेको बजार गतिशील छ। ग्राहक हरेक प्रकारको उपकरण खरिद गर्न सचेत छन्। यसबाहेक ग्राहक घरेलु उपकरणहरु खरिद गर्न कुनै सम्झौता गर्न चाहँदैनन्। यस्तो अवस्थामा बोशले नेपाली बजारमा प्रवेश गरेलगत्तै गुणस्तरीय सामग्री पाउने कम्पनीको विश्वास छ।
नेपाली बजारमा बोश भित्र्याउँदै बीएसएच होम अप्लायन्सेसको भारत र सार्क राष्ट्रका लागि प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत निरज बहलले भने, ‘हामी नेपालमा प्रवेश गर्न पाउँदा निकै हर्षित छौँ। सार्क राष्ट्रमा हाम्रो बजार विस्तार गर्ने रणनीतिका लागि यो एक महत्वपूर्ण कदमसमेत सावित भएको छ।’
बहलले बीएसएच होम अप्लायन्सेसले नेपालको लक्ष्मी ग्रुपसँग सहकार्य गर्न पाएकोमा समेत खुसी व्यक्त गरे। ‘लक्ष्मी ग्रुपसँग साझेदारी गर्न पाउँदा हामी निकै बलियो महसुस गर्दैछौँ’, उनले भने।
बहलका अनुसार नेपालमा घरेलु उपकरणहरुको बजार द्रुत रुपमा बढिरहेको छ। यसबाहेक बजार बढ्दो गतिमा छ। यस्तोमा जर्मन विरासतमा आधारित बोश ब्रान्डका उपकरणहरुले राम्रो बजार प्रदर्शन गर्नेमा उनी सकारात्मक छन्। यसका हरेक उपकरण उपभोक्ता–केन्द्रित हुनाले विश्व बजारले समेत बोश ब्रान्ड निकै रुचाएको उनी बताउँछन्।
यसबाहेक बोश ब्रान्ड नेपाली बजारमा सार्वजनिक गर्दै र लक्ष्मी ग्रुपसँगको साझेदारीबारे लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकर श्रेष्ठ भन्छन्, ‘नेपाली उपभोक्ताका लागि गुणस्तरीय घरेलु उपकरणहरु भित्र्याउने बीएसएच होम अप्लायन्सेससँग साझेदारी गर्न पाउँदा खुसी छौँ। लक्ष्मी ग्रुप नेपाली बजारका लागि गुणस्तरीय उत्पादन र भरपर्दो सेवा प्रदान गर्न सधैँ अग्रपंक्तिमा रहेको छ।’
श्रेष्ठले बोश ब्रान्डका उपकरणहरुको गुणस्तरमा आफूहरु विश्वस्त रहेको बताउँदै सबै उपकरण उपभोक्ता केन्द्रित रहेको बताए।
नेपाली बजारमा उपलब्ध बोश ब्रान्डका उपहरणहरु
१. रेफ्रिजिरेटर÷फ्रिज
नेपाली बजारमा बोशको ‘बोश म्याक्स–फ्लेक्स रेफ्रिजिरेटर’ र ‘वाटर–डिस्पेन्सर सहितको बोश फ्रस्ट–फ्री कन्भर्टिबल डबल–डोर रेफ्रिजिरेटर’ गरी दुई प्रकारको रेफ्रिजिरेटर नेपाली बजारमा उपलब्ध छन्।
२. वासिङ मेसिन र ड्रायर्स
३. डिसवासर
बोशको डिसवासरमा ¥याकम्याटिक र होम कनेक्ट जस्ता विशेषता पाउन सकिन्छ। यी विशेषताले गर्दा थोरै समयमै धेरै काम गर्न सकिन्छ। यसमा भाडा भिजाउने,धुने÷पखाल्ने र सुकाउन सहज हुने विशेषता पनि समावेश गरिएको छ। यो डिसवासरको सहायतामा मानिसको उर्जा र पानीको बचत पनि गर्छ।
४. अन्य उपकरणहरु
मिक्सर ग्रान्डर र फुड प्रोसेसरः बोशको मिक्सर ग्रान्डर, हाते ब्लेन्डर, जुसर र फुड प्रोसेसरको मद्दतमा भान्सामा काम गर्न सहज हुने पक्का छ। उच्च गुणस्तरका यी उपकरणहरुले भान्साका उपकरण संग्रहमा विशेष स्थान पनि ओगट्छ।
बोशका हरेक उपकरणहरु राम्ररी डिजाइन गरिएका छन्। यी उपकरणहरु उपभोक्ताको जीवनशैलीमा सुधार गर्ने उद्देश्यले प्रिमियम ढंगमा डिजाइन गरिएका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago