काठमाण्डौ । नेपाल रेमिट इन्टरनेसनल प्रालि र प्रभु म्यानेजमेन्ट प्रालिबीच व्यावसायिक सम्झौता भएको छ। 

सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेसनलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र प्रभु म्यानेजमेन्टका तर्फबाट अध्यक्ष कुसुम लामाले हस्ताक्षर गरेका छन्। यस सम्झौताबाट प्रभु म्यानेजमेन्ट नेपाल रेमिट इन्टरनेसनलको मुख्य प्रतिनिधि भएको छ।

नेपाल रेमिट इन्टरनेसनलले नेपालका सबै बैंक खाताहरुमा रियल टाइममै रेमिट्यान्स जम्मा गर्दै आइरहेको छ। विभिन्न वालेट कम्पनीहरुसँग साझेदारी गरी विदेशवाट वालेटमा समेत रेमिट्यान्स भित्र्याउँदै आएको छ। 

बिगत १५ वर्षदेखि रेमिट्यान्स क्षेत्रमा काम गर्दै आएका साथै देशभर १० हजारभन्दा बढी स्थानबाट सेवा प्रदान गर्दै आएको नेपाल रेमिट इन्टरनेसनल र विगत एक दशकदेखि रेमिट्यान्स क्षेत्रमा काम गर्दै आएको प्रभु म्यानेजमेन्टबीचको सम्झौताले विश्वका हरेक क्षेत्रबाट पठाएको रकम नेपालमा सरल तरिकाबाट प्राप्त गर्न थप सरल छिटो र छरितो हुने अपेक्षा गरिएको छ। 

प्रभु म्यानेजमेन्टसँगको सम्झौतासँगै नेपाल रेमिटका ग्राहकले अब देशभर रहेका १५ हजार स्थानबाट विदेशबाट पठाएको रकमको भुक्तानी लिन सक्नेछन्।