काठमाण्डौ । खल्तीले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकका लागि एउटा नयाँ अफर लिएर आएको छ। 

यस अफरअन्तर्गत खल्तीमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिंक गरी आफ्नो पहिलो बैंक लिंक भुक्तानीमा रु. १०० को बोनस प्राप्त गर्नेछन्। यसका साथै प्रयोगकर्तामध्ये ४ भाग्यशाली बिजेताले ‘खल्ती प्रो’ को एक वर्ष सब्सिक्रप्सन र बम्परमा स्मार्टफोन जित्ने पनि मौका पाउनेछन्। 

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एकीकृतपछि बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक नामबाट सञ्चालनमा ल्याएको हो । मेगा बैंकमा खाता भएका प्रयोगकर्ताले आफ्नो खाता लिंक गर्नुअघि मर्जरपछि बनेको बैंकको नयाँ खाता नम्बर लिनुपर्नेछ भने नेपाल इन्भेस्टमेन्ट बैंकको खाता रहेको प्रयोगकर्ताहरु यस बैंक लिंक गरी अफरमा सहभागी हुन मान्य भइसकेका छन्।

रु. १०० बोनस खल्तीमा पहिलोपटक आफ्नो बैंक खाता लिंक गरी सो लिंक बैंक खाताबाट पहिलो भुक्तानी पूरा गरेका सबै प्रयोगकर्ताका लागि लागू हुनेछ। 

यसैबीच खल्ती प्रोको सब्स्क्रिप्सन हरेक हप्ता ४ जना भाग्यशाली बिजेताले प्राप्त गर्नेछन्। यसका साथै बम्पर उपहारमा स्मार्टफोन जित्ने १ भाग्यशाली बिजेता रहनेछ। आफ्नो बैंक खाता खल्तीमा लिंक गर्नको लागि प्रयोगकर्ताको केवाईसी प्रमाणित हुनुपर्छ।

यस अफरका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हालै एकीकृत भई सुरु भएको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग हामीले साझेदारी गर्न पाउँदा अत्यन्तै उत्साहित छौँ। यसमार्फत सबै प्रयोगकर्ताहरूलाई खल्तीको बैंक लिंक सुविधा प्रयोग गरी सहज र छिटो भुक्तानी प्रक्रिया अनुभव गर्न प्रोत्साहित गर्न चाहन्छौँ। यसका साथै प्रयोगर्तालाई डिजिटल भुक्तानी गर्ने बानी बसाउन पनि यो अफर लिई आएका छौँ।’ 

एक पटक खल्तीमा बैंक लिंक भएपछि प्रयोगकर्ताले प्रयोगकर्ताले युटिलिटी बिल, क्यूआर स्क्यान गरी भुक्तानी, उडान टिकट, बीमा भुक्तानी, मुभी तथा इभेन्ट टिकट, बैंक खातामा रकम ट्रान्सफर गर्ने जस्ता अन्य धेरै भुक्तानी सीधै र छिटै आफ्नो लिंक गरिएको बैंक खाताबाट गर्न सक्द्छन्। यसका साथै खल्ती प्रोको एक वर्षको सब्स्क्रिप्सन प्राप्त भएपछि प्रयोगकर्ताले निःशुल्क बैंक ट्रान्सफर, आफ्नो मोबाइल नम्बरमा टपअपमा २%, सिनेमा टिकटमा रु. १ हजारसम्मको बचत र बिलबुक नवीकरण सुविधामा रु. १०० को क्यासब्याकजस्ता अन्य थुप्रै अफर प्राप्त गर्नेछन्। 

आईएसओ २७००१ः२०१३ बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा पुगेको छ। हाल खल्तीमा देशभरिका ३१ लाखभन्दा बढी प्रयोगकर्ता, ७० हजारभन्दा बढी एजेन्ट, ६० हजारभन्दा व्यापारी, ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था, एक हजारभन्दा बढी सहकारी र २५० भन्दा बढी कर्मचारीको परिवारमा वृद्धि गरेको छ। सबै नेपालीमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टीभी रिचार्ज, हवाई, सिनेमा र इभेन्ट टिकट बुकिङ, बीमा शुल्क, ई–कमर्स, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिल र थुप्रै डिजिटलाइज्ड सेवा उपलब्ध गराएको छ।