काठमाण्डौ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस प्रालिले विगतका वर्षझैँ यस वर्ष पनि तेस्रो नेपाल फाइभ–पी अन्तर्राष्ट्रिय प्रर्दशनी यही चैत १० गतेदेखि काठमाण्डौको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ। 

चैत १२ गतेसम्म प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहनेछन्। नेपाल फाइभ–पी नेपालभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसँग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकैठाउँ ल्याएर व्यापार साझेदारी, नवीनतम प्रविधि प्रदर्शन र संवाद गर्न साझा मञ्च प्रदान गर्ने एकमात्र उद्योग–व्यापार विषेश अन्तर्राष्ट्रिय प्रदर्शनी हो। 

प्रर्दशनीमा देशभिरबाट बढीभन्दा बढी उद्यमी, अनुसन्धानकर्ता, संघसंस्थाका प्रतिनिधिलगायतले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा विश्वास लिइएको छ।

उक्त प्रदर्शनीमार्फत ती ५ विधामा सञ्चालन भएका उद्योेग र व्यापार–व्यवसायलाई निर्यातका नयाँ अवसरहरु, नवीनतम प्रविधिसँग सात्क्षात्कार गराउनुका साथै विभिन्न उद्योगहरुबीच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने आयोजकले विश्वास लिएका छन्।

यस अन्तर्रास्ट्रिय प्रदर्शनीमा सह–आयोजकका रुपमा नेपाल मुद्रण उद्योग महासंघ तथा सहयोगी संस्थाको रुपमा नेपाल कोरोगेटेड बक्स उत्पादक संघ रहेका छन्।

प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ् मसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ, इन्डक्सन मोल्डिङ मसिन, प्रिन्टिङ मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेसनरी मसिनरी, प्रिन्टिङ् स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मसिनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिङ मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादकलगायतका संस्थाहरुको सहभागिता रहनेछ।