काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले एक दिवसीय बीजनेश रिभ्यू मिट सम्पन्न भएको छ ।
कार्यक्रममा चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको व्यापार समिक्षा गर्दै बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो ।
कार्यक्रममा कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले अहिलेको विषम परिस्थितिमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको र यसलाई मूर्तरुप प्रदान गर्न खटिएका सहयात्रीहरुलाई धन्यवाद दिएका थिए ।
उनले जीवन बीमा क्षेत्रमा स्थापित ब्रान्ड बोकेको कम्पनीले जीवन बीमा बजारको २७ प्रतिशत बजार हिस्सा ओगट्दै बजारको लिडरको रूपमा कायम राख्न सक्नु आफैंमा गौरवको विषय भएको बताए ।
यसैगरी प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कर्मचारी तथा अभिकर्ताहरुलाई चालू आवको पहिलो त्रैमासको कार्यसम्पादनको लागि धन्यवाद दिंदै आन्तरिक तथा बाह्य प्रणालीलाई समय सापेक्ष बनाउनका निम्ति डिजिटलाईजेसनको शुरुवात गरिसकेको बताए ।
उनले निकट भविष्यमा बीमितहरुले कम्पनीबाट प्रदान गरिने सेवाहरु प्राप्त गर्न शाखा धाउन पर्ने अवस्थाको अन्त्य हुने र घरमा बसेर सम्पूर्ण सेवा चुस्त र दुरुस्त तवरले प्राप्त गर्ने बताए ।
कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार क्याल, नेशनल सेल्स हेड उमापति पोखरेललगायत उच्च व्यवस्थापक तथा प्रादेशिक प्रमुखहरुको सहभागिता थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago