काठमाण्डौ । नेपाल फर्मा एन्ड हेल्थ अन्तरराष्ट्रिय प्रदर्शनी काठमाण्डौको भृकुटीमण्डपमा आगामी पुस ५,६ र ७ गते हुने भएको छ ।

औषधोपचार,स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित प्रदर्शनी मिडिया स्पेस सोलुसन्सका साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्सको संयोजकत्वमा आयोजना हुन लागेको हो ।

उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढि कम्पनीहरुका स्टल रहने छन् । नेपालमा भित्रिने औषधोपचारका सामग्रीहरू करिब ८०  प्रतिशत भारतबाट नै  भित्रिने गर्दछ ।

नेपाली चिकित्साप्रणालीमा वैदेशिक योगदान तथा लगानीका लागि विभिन्न उत्कृष्ट अवसरहरू सृजना गर्नका लागि पनि यो प्रदर्शनीले उल्लेखनीय भूमिका निर्वाह गर्ने आयोजकले बताएको छ ।


उक्त प्रदर्शनीले विभिन्न देशका कम्पनीहरू र ब्राण्डहरूसहित बिजिनेस लिडरहरू,डाक्टरहरू, वैज्ञानिकहरू,रोग विशेषज्ञहरू,अनुसन्धानकर्ताहरू,सरकारी अधिकारीहरू,नीति निर्माताहरू र उद्योग पेशेवरहरूलाई एकसाथ समेट्ने छ ।

प्रदर्शनीले नयाँ आविष्कारहरू र नयाँ बजारको खोजी गर्दै नेपालको चिकित्सा र प्रयोगशाला उद्योगलाई आवश्यक उचाईमा लिएर जाने अपेक्षा गरेको आयोजकले बताएको छ ।