काठमाण्डौ ।नेपाल टेलिकमले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट नगद लाभांश घोषणा गरेको छ ।

कम्पनीको गत बिहीबार बसेको बैठकले ४० प्रतिशत नगद लाभांश घोषणा गरेको हो। कम्पनीले सेयरधनीलाई प्रतिकित्ता ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल सरकार अर्थमन्त्रालयबाट स्वीकृत भएपछि सेयरधनीले पाउने छन् ।

साथै कम्पनीले मन्त्रालयबात स्वीकृति भएपछि आयोजित १६ औं वार्षिक साधारणसभापछि सेयरधनीलाई वितरण गर्ने छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा भने २० प्रतिशत बोनस सेयर र करप्रयोजसहित २० प्रतिशत नगद लाभांश समेत गरेर ४० प्रतिशत लाभांश वितरण गरेको थियो ।