काठमाण्डौ । नेपाल मेडिकल कलेजले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ ।

कलेजले एक सूचना प्रकाशित गरि विभिन्न पदहरुमा कर्मचारी माग गरेको हो । सूचना अनुसार कलेजले चिफ फाइनान्स कन्ट्रोलर, चिफ एकाउन्टेन्ट अफिसरदेखि इलेक्ट्रिकल इन्जिनियर माग गरेको छ ।

सूचना अनुसार सिभिल इन्जिनियर, मेट्रोन, होस्टल वार्डेन, स्टोर इन्चार्ज, आर्किटेक्चर तथा प्रशासन अधिकारी माग गरिएको छ ।

योग्यता पुगेका उम्मेदवारले सात दिनभित्र व्यक्तिगत विवरणसहित दरखास्त दिन सक्नेछन् ।

कलेजको शैक्षिक, सेवागत र प्रशासनिक व्यवस्थापन बलियो बनाउँदै लैजान विषयगत दक्ष जनशक्तिहरु माग गरिएको हो ।

योग्यता पुगेका नागरिकले कलेजको फेसबुक पेजमा क्लिक गरी विस्तृत जानकारी लिन सक्नेछन् ।

दरखास्त इमेलमार्फत पठाउनु पर्नेछ । सर्ट लिस्टमा परेकाहरूलाई अन्तरवार्ताका लागि सम्पर्क गर्ने  कलेजले बताएको छ ।