काठमाण्डौ । नेपोभिट टाइल्सको पहिलो वार्षिकोत्सव कार्यक्रममा नयाँ टाइल्सहरु सार्वजनिक गरिएको छ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको प्रमुख आतिथ्यमा सम्पन्न भएको वार्षिक कार्यक्रममा नेपोभिट टाइल्सले नयाँ २X४ फिटका टाइल्सहरु पनि सार्वजनिक गरेको हो।
समारोहलाई सम्बोधन गर्दै नेपोभिटका प्रबन्ध निर्देशक मनोज रौनियारले नेपोभिटलाई साथ सहयोग पुर्याउनुहुने सम्पूर्णलाई धन्यवाद दिए। उनले नेपोभिटको १ वर्षको चुनौती तथा सम्भावनाहरुका बारेमा जानकारी गराउँदै नेपोभिट टाइल्स अझै बृहत र विस्तृत ढंगमा प्रस्तुत हुँदै चाँडै नै नयाँ डिजाइनका फ्लोर तथा वाल टाइल्सहरु बजार भित्र्याउने जानकारी गराए।
कार्यक्रममा मन्त्री रिजालले नेपालमै पहिलो र एकमात्र टाइल्स कम्पनी नेपोभिट टाइल्सले गरेको काम सराहनीय भएको बताए। नेपोभिटले स्थानीयलाई तथा समग्र देशलाई नै गरेको योगदानको उच्च प्रशंसा गर्दै सरकारका तर्फबाट हरेक चरणमा नेपोभिटलाई साथ तथा सहयोग मिल्ने प्रतिबद्धता व्यक्त गरे।
नेपोभिट टाइल्सका अध्यक्ष शम्भुनाथ झाले नेपोभिट टाइल्सले १ वर्षमा हासिल गरेको उपलब्धिहरुका बारेमा बोल्दै अब आगामी वर्षहरुमा निर्यातमा जोड दिने मुख्य उद्देश्य रहेको जानकारी गराए।
बाराको जितपुरस्थित नेपोभिट टाइल्स नेपालको पहिलो र एकमात्र टाइल्स कम्पनी हो। २०७९ सालमा स्थापित यस कम्पनीले घरायसी तथा व्यावसायिक प्रयोजनका लागि नेपालमै अन्तर्राष्ट्रियस्तरको टाईल्स उत्पादन गर्दै आएको छ।
कार्यक्रममा पूर्वमहान्यायाधिवक्ता रमणप्रसाद श्रेष्ठ, नायक राजेश हमाल र विभिन्न संघ संस्थाका अधिकारीहरुको उपस्थिति थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago