काठमाण्डौ। झन्डै ६ दशक लामो अनुभव सँगालेको नेपालको पहिलो बिस्कुट उत्पादक कम्पनी नेबिकोले ४ वटा नयाँ प्रडक्ट लन्च गरेको छ।
कम्पनीले प्रडक्ट विविधीकरण गर्ने क्रममा आज फागुन २३ गते ४ वटा विभिन्न क्याटेगोरीमा प्रडक्ट लन्च गरेको हो। कम्पनीले बिस्कुटमा डी–५० डाइजेस्टिभ, कुकिजमा नाइस मिल्क कुकिज, खाद्यान्नमा कुरुम कुरुम चिउरा र स्न्याक्समा साल्टेड पिनटस् गरी थप ४ वटा ब्रान्ड बजारमा ल्याएको हो।
नेबिकोले आफ्ना उत्पादन आकर्षक देखाउन र उपभोक्तासम्म सुरक्षित पुर्याउन प्याकेजिङमा विशेष ध्यान दिँदै आएको छ। उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी कम्पनीले आफ्ना उत्पादन विकास र विस्तार गरेको र थप गुणस्तरमा प्रतिबद्ध रहेको जनाएको छ।
कम्पनीले लन्च गरेको डी–५० डाइजेस्टिभ बिस्कुट १५० ग्रामको रहेको छ। यसको उपभोक्ता बिक्री मूल्य रु. ५० निर्धारण गरिएको छ। डी–५० डाइजेस्टिभ बिस्कुट उपभोक्ताको पाचन प्रणालीमा सहजीकरण गर्ने र स्वास्थ्य एवम शक्ति प्रदान गर्ने गुणस्तरयुक्त बिस्कुट हो।
यस्तै कम्पनीले नाइस मिल्क कुकिज दूधको स्वादमा १८० ग्रामको आकर्षक प्याकेटमा उपलब्ध गराएको छ। यो कुकिजको उपभोक्ता बिक्री मूल्य रु.५० तोकिएको छ।
तेस्रो प्रडक्टका रुपमा रहेको कुरुम कुरुम चिउराको तौल ८०० ग्राम रहेको छ। यसको उपभोक्ता खरिद मूल्य रु. ९५ तोकिएको छ। यसैगरी युवा वर्गलाई लक्षित गरी ल्याइएको ३५ ग्राम तौलको साल्टेड पिनट्सको मूल्य रु. २० निर्धारण गरिएको छ।
कम्पनीले आगामी दिनहरुमा गुणस्तर अभिवृद्धि गर्दै थप उत्कृष्ट ब्रान्डहरु उपभोक्तामाझ पस्कने प्रतिबद्धता जाहेर गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago