काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताहरुकालागि तीन दिने चेयरपर्सन क्लव, तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा गत आर्थिक वर्ष २०७९/२०८० मा तोकिएको लक्ष्य पुरा गर्न सफल ४५० जनाभन्दा बढि अभिकर्ताहरुलाई चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गरिएको थियो । 

कार्यक्रममा मुलुकभरबाट आफ्नो कोड र सञ्जालको व्यवसायमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्धित्तिय र तृत्तिय भएका अभिकर्ताहरु, समूहगत व्यवसायबाट प्रथम भएका र आफ्नो र सञ्जालमा उत्कृष्ट कार्य गर्न सफल ७ जना लिडर अभिकर्तालाई सम्मानपत्र तथा नगद पुरस्कारबाट सम्मानित गरिएको थियो । 

साथै उक्त कार्यक्रममा सातवटै प्रदेशबाट आफ्नो कोडको व्यवसाय र सञ्जालको व्यवसायबाट अलगअलग रुपमा प्रथम, द्धित्तिय, तृत्तिय भएका लिडर अभिकर्ताहरुलाई पनि सम्मानित गरिएको थियो ।

कार्यक्रममा कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले नेपालको जीवनबीमा क्षेत्रमा अलग्गै पहिचान बनाई एक प्रमुख जीवन बीमाकम्पनीको रुपमा आफुलाई स्थापित गरेको बताइन् । 

उनले कम्पनीले आउने दिनहरुमा आफ्नो प्रतिष्पर्धात्मक धारलाई कायम राखी सबै सरोकारवालाहरुलाई उचितप्रतिफल उपलब्ध गराउन प्रयास गर्ने पनि बताइन् । 

यसैगरी प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अभिकर्ताहरु कम्पनीको मेरुदण्ड रहेको र अभिकर्ताहरुको अथक परिश्रम र मेहनतकाकारण नै कम्पनी सँधै अब्बल रहने भएकोले अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन थप लगानी गर्ने बताए ।