काठमाण्डौ । नेशनल लाईफ इनस्योरेन्स कम्पनी र काठमाण्डौ इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थ बीच सोमबार सम्झौता भएको छ ।
बुढानिलकण्ठ नगरपालिका- ७ मा निर्माणाधीन २०० बेड क्षमताको गैह्रनाफा मूलक बाल अस्पताल निर्माण परियोजनाका लागि नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३ वर्षसम्म प्रतिवर्ष २५ लाख रुपैयाँका दरले वित्तीय सहयोग उपलव्ध गराउनका लागि एक समारोहका बीच कम्पनीको कार्यकारी प्रमुख सुरेश प्रसाद खत्री र इन्ष्टिच्यूटको तर्फबाट संस्थापक अध्यक्ष प्राडा भगवान कोईरालाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सोही अवसरमा सम्झौतामा हस्ताक्षर गर्दै कार्यकारी प्रमुख खत्रीले पहिलो किस्ता रकम २५ लाख रुपैयाँको चेक पनि संस्थालाई हस्तान्तरण गरेका छन् ।
सो अवसरमा संस्थाका अध्यक्ष कोईरालाले नेपालका सबै बालबालिकाको स्वास्थ्यमा सहज र सर्वसुलभ पहुँच पुर्याउने उदेश्यले परियोजना सञ्चालन गर्न लागिएको र क्रमिक रुपमा देशको अन्य स्थानहरुमा समेत बाल स्वास्थ्य सेवा उपलव्ध गराउने योजना रहेको बताए ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
2024-01-19
2024-01-19