काठमाण्डौ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८० को अवसरमा नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत नेपाल सरकारले नेसनल आईसीटी अवार्ड–२०२२बाट प्राइभेट सेक्टरतर्फ इन्फोडेभलपर्स प्रालिलाई  सम्मानित गरेको छ। 

यसैगरी पूर्वसहसचिव वीरेन्द्र मिश्र नेसनल आईसीटी एक्सिलेन्स अवार्ड–२०२२, नेशसनल आईसीटी एक्सिलेन्स अवार्ड २०२२ वुमनबाट प्राध्यापक तिमिला यामी थापा, नेसनल आईसीटी अवार्ड (पब्लिक सेक्टर) २०२२ बाट सर्वोच्च अदालत र नेसनल आईसीटी इन्नोभेसन नवप्रवर्तन अवार्ड २०२२ प्रिक्सा टेक्नोलोजी र नेसनल आईसीटी अवार्ड २०२२ (प्राइभेट सेक्टर)बाट इन्फोडेभलपर्स प्रालि र गर्भनेन्स अटोमेसन सोलुसन प्रालि सम्मानित भएका छन्।

इन्फोडेभलपर्स विगत दुई दशकदेखि नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियाशील र अग्रणी कम्पनी हो। इन्फोडेभलपर्सले नेपाल सरकार, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, सहकारी तथा लघुवित्तका लागि महत्वपूर्ण सफ्टवेरहरु विकास गर्दै प्रयोगमा ल्याएको छ। इन्फोडेभलपर्सले नेपालको पहिलो कोर बैंकिङ सफ्टवेयर पुमरीलाई मर्ज गरेर नेपालसहित अन्तर्राष्ट्रिय बजार विस्तारमा समेत काम गरिरहेको छ। 

इन्फोडेभलपर्सको १० भन्दाबढी महत्वपूर्ण सफ्टवेयर प्रडक्टहरु बजारमा छन्। पुमरी, मोबाइल बैंकिङ सेवा, इन्फो ट्याब, वित्तीय सेवा, इन्फिनिटीलगायतका महत्वपूर्ण प्रडक्टहरुले फिनटेक क्षेत्रलाई डिजिटल युगमा परिवर्तन गर्न सघाउ पुर्याएको छ।

यसैगरी आधुनिक बैंकिङलाई लक्षित गरेर एआई र क्लाउडमा आधारित अन्तर्राष्ट्रिय स्तरको नयाँ सफ्टवेयर विकासको क्रममा कम्पनी रहेको छ। कम्पनीले नेपालकै लागि सफ्टवेयरहरु विकास गर्दै सफ्टवेयर उद्योगमा महत्वपूर्ण योगदान दिएको छ।  

कम्पनीले हालसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ५ न्दा बढी अवार्ड प्राप्त गरिसकेको छ। वार्षिक ६५ करोड बढीको कारोबार गरिरहेको कम्पनी इन्फोडेभलपर्सले डिजिटल नेपाल तथा डिजिटल रुपान्तरणको प्रयासमा राष्ट्रका लागि महत्वपूर्ण योगदानसमेत पुर्याइरहेको छ। कम्पनीमा हाल ३५० भन्दा बढी कर्मचारीले प्रत्यक्ष रोजगारीको अवसर पाएका छन्।