काठमाण्डौ । नेपालको उद्योग तथा व्यवसायिक क्षेत्रमा लामो समयदेखि अनवरत सेवा गर्दै आएका पञ्चकन्या ग्रुपका उपाध्यक्ष धुव्रकुमार श्रेष्ठ सुप्रबल जनसेवाश्रीबाट विभूति भएका छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार शितल निवासमा आयोजित कार्यक्रममा श्रेष्ठलाई सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पदकबाट विभूषित गरेकी हुन्। नेपाल सरकारको निर्णयअनुसार संविधान दिवसका अवसरमा नेपाली उद्योग तथा व्यावसायिक क्षेत्रबाट आमजनताको सेवा र देशको आर्थिक समृद्धिमा अनवरत रुपमा सेवा र योगदान पुर्याएबापत कदर र सम्मानस्वरुप श्रेष्ठलाई सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पदकबाट विभूषित गरिएको हो।

राष्ट्रपति कार्यालयले वैशाख १ गतेका दिन संविधान दिवसमा वितरण गर्ने निर्णय भएको पदक वितरण गर्ने गर्दछ। देश र जनताको सेवामा समर्पित विभिन्न व्यक्तित्व तथा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई विभिन्न पदकबाट सम्मानित गर्ने गर्दछ । सुप्रबल जन सेवाश्री राज्यले दिने उत्कृष्ट पदकमध्येको एक हो।