काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय पर्सामा आज बिहीबारदेखि एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

वीरगन्ज महानगरपालिका–९ स्थित प्रशासन कार्यालयमा सञ्चालित बैंकको एक्सटेन्सनबाट सम्बन्धित कार्यालयमा आउने सेवाग्राहीलाई रकम जम्मा गर्न र कार्यालयको काम गर्न सहज र सरल हुने बैंकले जनाएको छ। यो काउन्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयवासी तथा सेवाग्राहीले प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ।

प्रभु बैंकले २०९ वटा शाखा कार्यालय, १९४ वटा एटीमए, ५४ वटा एक्सटेन्सन काउन्टर तथा १७ वटा शाखारहित बैंकिङ सेवामार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ।