काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केही दिनदेखिको अबिरल बर्षाका कारण गएको पहिरोमा परी मृत्यु भएका एक बिमित परिवारलाई घटनाको २४ घण्टाभित्रै मृत्युु दाबी रकम हस्तान्तरण गरेको छ ।
पहिरोमा परी ज्यान गुमाएकी सिन्धुली जिल्ला, कमलामाई नगरपालिका वडा नं.६ बस्ने बिमित स्व दुर्गाकुमारी खड्काका परिवारलाई १० लाख ३६ हजार रुपैयाँ हस्तान्तरण गरिएको नेपाल लाइफले जनाएको छ ।
कम्पनीले मृत्यु दाबी भुक्तानीलाई सर्वसुलभ छिटोछरितो ढंगले सम्पन्न गरी आम मानिसमा जीवन बीमाप्रति सकारात्मक धारणा निर्माण गर्ने प्रयास स्वरुप मिति साउन २८ गते ज्यान गुमाएकी खड्का परिवारलाई २४ घण्टा भित्रै अर्थात साउन २९ गते नै रकम हस्तान्तरण गरिएको हो ।
सो मृत्यु दाबी रकम कम्पनीका सहायक प्रवन्धक बिरोध भट्टले मृतकका पति उदयबहादुर खड्कालाई प्रदान गरेका थिए ।
स्व. बीमितले ५ लाख बिमांङ्कको जीवन बीमा बापत घटनाअघिसम्म जम्मा २४ हजार ३ सय ४ रुपैयाँ मात्र बीमा शूल्क बुुझाएकी थिइन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19