काठमाण्डौ । एमालेले मनाङको इतिहासमै पहिलोपटक चुनाव जितेको छ । यो जिल्लाको नेस्याङ गाउँपालिकाको प्यानलमै एमालेले विजयको झण्डा गाडेको हो । 

यो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित सबै वडाका अध्यक्ष तथा सदस्यमा विजय हालिस गरेको छ । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार गाउँपालिका प्रमुुखमा एमालेका कान्छा घले ६२७ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका बिनोद गुरुङले ४६१ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा एमालेकी मिंखु गुरुङले ६११ मत प्राप्त गरेर विजयी भइन् भने उनकी निकटतम प्रतिदन्दी कांग्रेसकी छिरिङ ओङमा गुरुङले ५०४ मत प्राप्त गरिन् ।