काठमाण्डौ । बुधबार भएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा ७३ प्रतिशत भन्दा बढी मत खसेको छ ।
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बिजशालासँगको टेलिफोन वार्तामा सबै स्थानको तथ्यांक संकलन गर्ने कार्य भइरहेको बताउँदै प्रारम्भिक हिसाबअनुसार ७३ प्रतिशत भन्दा बढी मतदान भएको बताएका हुन् ।
बुधबार प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा दोश्रो चरणको मतदान भएको थियो ।
पहिलो चरणमा ७३ प्रतिशत मतदान भएको उल्लेख गर्दै शर्माले दोश्रो चरणमा त्यो भन्दा पनि बढी मतदान भएको प्रारम्भिक आँकलन आयोगले गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago