काठमाण्डौ । नोकिया फोनेको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया प्रिमियम र अति किफायती सी सिरिजअन्तर्गत नयाँ नोकिया सी२१ प्लस सर्वजनिक गरेको छ।

बजारमा मात्र रु. १६ हजार ९९९ मा उपलब्ध यो स्मार्टफोन हेर्नलाई राम्रो, बलियो, गुणस्तर र विश्वभर प्रसिद्ध यसको लामो समयसम्म टिक्ने ब्याट्री ब्याकअप समावेश छ।

एचएमडी ग्लोबलका सीईओ फ्लोरियन सेइस भन्छन्, ‘उपभोक्ताका लागि गुणस्तरीय स्मार्टफोन उपलब्ध गराउन हामीले सी–सिरिज निकालेका छौँ। उपभोक्ताको समस्यालाई मध्यनजर गर्दै ब्याट्री लाइफ, फोनको स्टोरेज र क्यामेराको गुणस्तरलाई सम्बोधन गर्र्दै नोकिया सी२१ प्लस डिजाइन गरिएको छ। एन्ड्रोइड ११ मा १३एमपी एचडीआर सञ्चालित डुअल क्यामेरा र लामो समयसम्म चल्ने ब्याट्रीको साथ स्टाइल र टिकाउ मात्र नभई पूर्ण रुपमा हाम्रा ग्राहकको आवश्यकताअनुसार बनाइएको यो स्मार्टफोन हाम्रा फ्यानलाई उपलब्ध गराउन पाउँदा म निकै गर्व महसुस गरिरहेको छु।’

आकर्षक लुक र लामो समयसम्म चल्ने ब्याट्री लाइफ भएको नोकिया सी२१ प्लस ५०५० एमएएच ब्याट्री साइजमा समावेश गरिएको छ। यसले एक चोटी चार्ज गर्दा तीन दिनको ब्याट्री जीवन प्रदान गर्दछ।

विश्वको सबैभन्दा बलियो मानिएको नोकियाको ऋद्दज्ञ प्लस गुणस्तरको सन्दर्भमा तपाइँ ढुक्क हुन सक्नुहुन्छ। यसमा भाएको मेटल चेसिस र बलियो गिलास कभर फोहोर, धुलो र पानीका थोपाबाट अतिरिक्त सुरक्षाको लागि आईपी५२–मूल्यांकन गरिएको छ।

स्मार्टफोनहरुमा प्रायः मानिसको सबैभन्दा निजी जानकारी भण्डारण हुन्छ साथै यो मनोरञ्जन, बैंकिङ, र महत्वपूर्ण सञ्चारको हब पनि मानिन्छ। सी–सिरिजको हिस्सा भएको नोकिया सी२१ प्लसमा प्रयोगकर्ताको सबै कुरा सुरक्षित राख्नका लागि दुई वर्षको त्रैमासिक सुरक्षा अपडेटहरु प्रदान गर्दछ।

थप गोपनीयता र सुविधाका लागि, फिंगरप्रिन्ट र एआई फेस अनलक प्रविधिले आझ बढी सुरक्षा सुनिश्चित गर्दछ।

नोकिया सी२१ प्लस एन्ड्रोइड ११, एन्ड्रोइड अपरेटिङ सिस्टमको एक व्यवस्थित संस्करणको साथ आउँदछ जसले दिनभरको ब्याट्री लाइफको सिग्नेचरलाई कायम राख्दै छिटो डाउनलोड गति प्रदान गर्दछ। न्यूनतम प्रि–लोडहरुले पनि स्टोरेजमा सम्झौता नगरी यसको अधिकतम लाभ उठाउन मद्दत गर्दछ। 

एचडीआर प्रविधिका साथ १३एमपी डुअल क्यामेराले अविस्मरणीय पलहरुलाई कैद गर्न मद्दत गर्दछ। विभिन्न मोडहरु जस्तै– पोट्रेट, पानोरमा र ब्युटिफिकेसनले देखिने आश्चर्यजनक तस्बिरहरु सिर्जना गर्दछ।

६.५" एचडी प्लस डिस्प्लेले अविश्वसनीय परिभाषा र स्पष्ट भिडियो र तस्बिरहरु सुनिश्चित गर्दछ।

३/३२ जीबी स्टोरेज र अन्य भेरियन्टहरुका साथ डार्क सियान र वार्म ग्रे रङमा उपलब्ध यो फोनको मूल्य रु. १६ हजार ४९९ रहेको छ।