काठमाण्डौ । पिज्जा हटले आफ्नो मेनुमा थिन क्रस्ट पिज्जा ल्याएको छ । 

कम्पनीले पिज्जा हटको मेनुमा नौलो स्वाद ल्याएको बताएको छ । ४९९ रुपैयाँबाट सुरु हुने पिज्जा हटको ह्यान्डक्राफ्टेड थिन क्रस्ट पिज्जाहरू नेपालभरको ग्राहकहरूका लागि पिज्जाको एक अतुलनीय अनुभव दिने कम्पनीको भनाइ छ । 
 
ह्यान्डक्राफ्टेड पिज्जाको बढ्दो मागलाई मध्यनजर गर्दै पिज्जा हट नेपालले नेपालको लागि विशेष रूपमा थिन क्रस्ट पिज्जा तयार गरेको छ  ।जुन १२ किसिमका टोपिङहरूमा उपलब्ध छन् ’, कम्पनीले भनेको छ । 

कम्पनीका अनुसार ग्राहकहरूले डाइन–इन वा टेक–अवेको लागि आफ्नो नजिकको पिज्जा हट रेस्टुरेन्टमा जान सक्ने र भोज, फुडमान्डू, पठाओ जस्ता एग्रिगेटरद्वारा डेलिभरीको लागि अर्डर गर्न पनि सकिनेछ ।

कम्पनीले सबै नियामक र आवश्यक स्वास्थ्य दिशानिर्देशहरू पालना गरि अगाडि बढेको पनि बताएको छ ।