काठमाण्डौ । नेपाली स्टिल इन्डस्ट्रिजमा सबैभन्दा अग्रणी, विश्वासिलो एवं लोकप्रिय कम्पनी हुलास स्टिल इन्डस्ट्रिजले अत्याधुनिक प्रविधिहरुका प्रयोग गरी विभिन्न गुणस्तरीय उत्पादनहरुमार्फत आधुनिक विकासका लागि महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ। 

दैवी विपत्तिहरुबाट हुने भौतिक क्षतिलाई न्यून गराउन तथा आधुनिक, वैज्ञानिक एवं व्यवस्थित निर्माणलाई प्रोत्साहन गर्न हुलास स्टिलले विभिन्न गुणस्तरीय उत्पादनहरु उत्पादन गर्दै आइरहेको छ। वैज्ञानिक निर्माणलाई सधैँ प्राथमिकतामा राख्ने गोल्छा अर्गनाइजेसनद्वारा सन् २०२१ मा दिवाकर गोल्छा कर्पको स्वामित्वमा नेपालको पहिलो पीईबी (प्रि–इन्जिनियर स्टिल विल्डिङ्स) को उद्यम गर्ने संस्थाका रुपमा हिप्को इन्फ्रा स्थापना भएको हो। 

संस्थाले पीईबी अवधारणाअन्तर्गतमा रहेर  आधुनिक, वैज्ञानिक एवं सुरक्षित रुपमा गुणस्तरीय निर्माणमार्फत ग्राहकलाई सेवासुविधा प्रदान गर्दै आइरहेको छ। हिप्को इन्फ्राले नवीनतम प्रविधि र अन्तर्राष्ट्रिय मान्यता प्राप्त सफ्टवेयरमार्फत हाल नियमित रुपमा मध्यमदेखि ठूलठूला परियोजनाहरु जस्तैः व्यावसायिक भवन, रेसिडेन्टल, वेयरहाउस, पोल्ट्री, शोरुम, स्टोर तथा अन्य थुप्रै संरचनाहरुको गुणस्तरीय निर्माण गर्दै आइरहेको छ।