काठमाण्डौ । विश्वको अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स र स्मार्टफोन ब्रान्ड सामसङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम ‘सामसङ इनोभेसन क्याम्पस’को उद्घाटन गरेको छ।

यस कार्यक्रमअन्तर्गत सामसङले नेपालका युवाहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एन्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्सजस्ता प्राविधिक सीपहरुमा तालिम दिइनेछ। जसले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्याउँछ।

सामसङ इनोभेसन क्याम्पसको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, सामसङ साउथ वेस्त एसियाका नेपाल कार्यालयका हेड सुङ जुन पार्क, राजदूत पार्क चोङ सुकले गरेका थिए। पुल्चोक क्याम्पसमा आयोजित यस समारोहमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डिन डा. शशिधरराम जोशी र रेक्टर त्रिभुवन विश्वविद्यालयका डा. शिवलाल भुसालको सहभागिता थियो।

यसले भविष्यको प्राविधिक सीपहरुमा युवाहरुलाई तालिम दिएर नेपालप्रति प्रतिबद्धता रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार कार्यक्रमको एक हिस्साका रुपमा युवाहरुलाई वास्तविक जागिरको लागि सीपहरु र मागअनुसारको प्राविधिक सीपहरु प्रदान गरिनेछ। जसले उनीहरुको डिजिटल साक्षरता, सिकाउने क्षमता, रचनात्मकता र रोजगारीमा सुधार गर्नेछ।

‘सामसङमा, सह–समृद्धि हाम्रो मुख्य मूल्यहरु मध्ये एक हो र हामी सधैँ यसको समर्थनमा छौँ। हाम्रो ग्लोबल सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसमार्फत हामीले नेपालका युवाहरुको जीवनमा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेका छौँ’, पार्कले भने, ‘एआई, आईओटी, बिग डाटा र कोडिङ र प्रोग्रामिङजस्ता उच्च प्रविधि क्षेत्रहरुमा उनीहरुको सीप वृद्धि गर्ने लक्ष्य राखेका छौँ, जसको आजको व्यवसायहरुमा धेरै माग छ। 

सामसङ इनोभेसन क्याम्पसअन्तर्गतका पाठ्यक्रमहरुमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एन्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्सलगायतमा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ इन्स्टिच्युटको पुल्चोक क्याम्पसमा पढाइनेछ। पाठ्यक्रमहरुका लागि छनोट गर्नुपर्ने पूर्वशर्तहरुमा एल्गोरिदम, डाटा संरचना र प्रोग्रामिङको ज्ञान समावेश छ।

‘त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङले प्रतिभा, समाज र व्यवसायलाई अगाडि बढाउने प्रयासहरु सामसङ इनोभेसन क्याम्पसको लक्ष्यसँग मिल्दोजुल्दो छ। जसले आगामी पुस्तालाई उनीहरुको क्षमता वृद्धि गर्न र सकारात्मक नेतृत्व बनाउन आवश्यक उपकरणहरु उपलब्ध गराएर सशक्त बनाउने हो। राम्रो संसारको लागि सामाजिक परिवर्तन आवश्यक छ। तसर्थ सामसङ इनोभेसन क्याम्पस एक आदर्श पहल हो जसले हामीलाई शिक्षा र अनुसन्धान मार्फत समाज र व्यक्तिहरुमा प्रभाव पार्ने हाम्रो उद्देश्य हासिल गर्न सक्षम बनाउँछ’, डिन जोशीले भने। 

इन्जिनियरिङ् इन्स्टिच्युटमा सामसुङ इनोभेसन क्याम्पसअन्तर्गत प्रस्तावित पाठ्यक्रमहरुको एक भागको रूपमा, विद्यार्थीहरुले व्यावहारिक प्रोजेक्ट कम्पोनेन्ट पनि पार गर्नेछन्। यसमा विद्यार्थीहरुलाई सामाजिक महत्त्वका परियोजना प्रस्तुत गर्न चुनौती दिइनेछ जसमा एआई, बिग डाटा, कोडिङ र प्रोग्रामिङ र आईओटीले भूमिका खेल्छ।

यसैगरी पाठ्यक्रमहरुको अर्को हिस्साको रुपमा युवाहरुलाई सामाजिक महत्वका परियोजनाहरु प्रस्तुत गर्न चुनौती दिइनेछ जसमा यी प्रविधिहरुले भूमिका खेल्छन्। 

सन् २०१९ मा सुरु भएको सामसङ इनोभेसन क्याम्पस जुन सामसङको  ‘टुगेदर फर टुमोरो !’को ग्लोबल सीएसआर भिजनको हिस्सा हो। मानिसहरुलाई सक्षम बनाउँदै विद्यार्थी र बेरोजगार युवाहरुलाई चौथो औद्योगिक क्रान्तिको मुख्य प्रविधिहरुमा अनुभव गर्न तालिम प्रदान गर्दछ। उनीहरुलाई नेक्स्ट जेनेरेसनको वर्कफोर्सका लागि पालनपोषण गर्दछ।

सामसङ आफ्नो सीएसआर पहलहरुमार्फत समुदायहरुलाई सकारात्मक रुपान्तरण गर्न र मानिसहरुका लागि राम्रो जीवन सिर्जना गर्न नवप्रवर्तन प्रयोग गर्नमा विश्वास गर्छ। कम्पनीका अनुसार शिक्षामार्फत युवाहरुलाई सशक्तीकरण गर्नु भनेको हामीले हाम्रा युवालाई साहसी भई भविष्यको संसारको सामना गर्न तयार गर्न सक्ने उत्तम तरिकाहरुमध्ये एक हो।