काठमाण्डौ। केडिया अर्गनाइजेसनअन्तर्गतको पुष्पतारा केडिया सेवा फाउन्डेसनले नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शद्वारा गठित कोभिड फन्डहरुमा आर्थिक सहयोग प्रदान गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत फाउन्डेसनले नेपाल उद्योग परिसंघद्वारा कोभिड(१९ बाट सिर्जित वर्तमान अवस्थालाई मध्यनजर गर्दै गठित कोभिड फन्डमा ५ लाख रुपैयाँ आर्थिक योगदान गरेको छ। यसैगरी फाउन्डेसनले नेपाल चेम्बर अफ कमर्शको कोभिड फन्डमा समेत नगद २ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
यी दुवै फन्डमा गरिएको सहयोग रकमले अक्सिजन सिलिन्डर, मास्क, स्यानिटाइजर पीपीई खरिद तथा व्यवस्थापनका लागि एक महत्वपूर्ण योगदान हुने फाउन्डेसनले विश्वास लिएको छ। ‘कोभिड १९ को महामारीमा यस फाउन्डेसनद्वारा प्रदान गरिएको उक्त सहयोग रकम सम्बन्धित स्थानमा चाँडोभन्दा चाँडो पुगी आमजनतालाई राहत पुग्नेछ’, फाउन्डेसनद्वारा जारी बिज्ञप्तिमा भनिएको छ।
पुष्पतारा केडिया सेवा फाउन्डेसन स्वास्थ्य, शिक्षा, खेलकुद एवं साँस्कृतिक उत्थानका लागि कार्य गर्ने उद्देश्यका साथ स्थापना गरिएको गैरनाफामूलक सामाजिक संस्था हो। यो संस्थाले सक्रियताका साथ यी क्षेत्रमा कार्य गर्दै आइरहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago