काठमाण्डौ । पूर्वी नेपालका विभिन्न सहरमा वाईवाई ग्लोकल टिन हिरो नेपाल २०२२ बारे जानकारी साझा गर्न एक्टिभेसन कार्यक्रम भइरहेका छन्।
भद्रपुर, काँकडभिट्टा, फिक्कल, धरान, विराटनगरलगायत विभिन्न सहरमा रहेका विद्यालयहरुमा एक्टिभेसन कार्यक्रम भइरहेको हो। यस कार्यक्रममार्फत लगभग ११० बढी विद्यालयका ८ हजार बढी किशोरकिशोरीलाई वाईवाई ग्लोकल टिन हिरोका बारेमा जानकारी गराइने लक्ष्य राखिएको छ।
‘वाई वाई ग्लोकल टिन हिरो’ ग्लोकल प्रालिको एक कार्यक्रम हो। जहाँ किशोरकिशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरुमाझ चिनाउने कार्य गरिन्छ। वाईवाई ग्लोकल टिन हिरो एक यस्तो मञ्च हो, जसले किशोरकिशोरीका कार्यहरुलाई पहिचानमात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्दछ।
वाईवाई ग्लोकल टिन हीरो नेपाल को आठौँ संस्करणका लागि आवेदन खुलेको छ।
प्रतिभावान किशोर किशोरिहरुले https://glocalteenhero.com/nepal मार्फत निशुल्क आवेदन भर्न सक्ने छन्।
ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १ मा हुने अवार्ड कार्यक्रम र सम्मेलनमार्फत घोषणा गरिनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19