काठमाण्डौ । झापाको बिर्तामोड नगरपालिका–६ स्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंक लिमिटेडले आज मंगलबारदेखि आफ्नो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
पूर्वाञ्चल क्यान्सर अस्पताल परिसरमा दिउँसो २ बजे आयोजित एक समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संयुक्त रुपमा उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन्। नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले बिर्तामोड नगरपालिकाको पूर्वाञ्चल क्यान्सर अस्पतालमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको हो ।
यो एक्सटेन्सन काउन्टरबाट सम्बन्धित पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने सेवाग्राहीलाई रकम जम्मा गर्न र अस्पतालको काम गर्न सहज र सरल हुने बैंकले विश्वास व्यक्त गरेको छ। यस एक्सटेन्सन काउन्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीय तथा सेवाग्राहीले बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने पनि बैंकले जनाएको छ।
एक्सटेन्सन काउन्टर सञ्चालनपश्चात अस्पतालको आर्थिक क्रियाकलाप बैंकिङ प्रणालीमार्फत हुने भएकोले प्रशासनिक सहजता पनि प्राप्त हुने बैंकको भनाइ छ। यसका साथै समाजसेवी भावनाले सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिएको बैंकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवाग्राहीको सेवामा समेत उल्लेख्य योगदान पुर्याउने प्रण लिएको छ।
प्रभु बैंकले २१३ वटा शाखा कार्यालय, १८९ वटा एटीएम, ५८ वटा एक्सटेन्सन काउन्टर तथा २ वटा शाखारहित बैंकिङ सेवामार्पmत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago