काठमाण्डौ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि पूर्ण अटोमेशनमा गएको छ ।

पछिल्लो समय प्रविधिको प्रयोग तिब्र रूपमा बढिरहेको अवस्थामा यातायात क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर यात्रुलाई सहज र स्तरिय सेवादिनको लागि पृथ्वी यातायात पनि पूर्ण अटोमेशनमा गएको हो । 

अटोमेशनमा गएसँगै अब पृथ्वी यातायातका सवारी साधनबाट कुनै पनि स्थानमा यात्रा गर्न अनलाइनबाट टिकट काट्न सकिनेछ । पूर्ण रूपमा कम्प्युटराइज प्रणालीमा रूपान्तरण गरिएसँगै अबदेखि संस्थाको कार्यलय सञ्चालन, चलानी, अभिलेखनलगायतका सबै कार्यहरू सफ्टवेयरमार्फत नियन्त्रण हुनेछन् ।

कम्पनीले नेपालको एकमात्र टिकटिङ्ग सेवाप्रदानगर्दै आएको बससेवा डटकमसँगको सहकार्यमा संस्थालाई पूर्ण अटोमेशनमा लगेको हो । 
 

अटोमेशनमा गएको विषयमा पोखरामा आयोजित कार्यक्रमा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले अबदेखि यात्रुहरूले पृथ्वी यातायातका एसी, डिलक्स्, हायसलगायका सबै किसिमका गाडीको टिकट अनलाईनमार्फत् काट्न सकिने बताए ।

यात्रुहरूले पृथ्वी यातायातको पृथ्वी बस डटकम डट एनपी, पृथ्वी यातायातको मोबाईल एप्लीकेशन तथा बससेवा डटकम, बससेवाको मोबाईल एप्लीकेशनमार्फत् सहजै टिकट काट्न सक्नेछन् । 
यस्तै कार्यक्रममा बससेवा डटकमका प्रमुख कार्यकारी पीआर खनालले यातायात क्षेत्रमा प्रविधिको प्रयोग गरेर यस क्षेत्रलाई थप व्यवस्थित् बनाउँदै यात्रुहरुलाई सुविधा दिनुपर्छ भन्ने उद्धेष्यअनुसार काम हुन पाएकोमा खुशी लागेको बताए ।