काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले आज शुक्रबारदेखि कास्कीको पोखरास्थित न्युरोडमा शाखा सञ्चालनमा ल्याएको छ। यो फाइनान्सको २० औँ शाखा हो। 

फाइनान्सको गण्डकी प्रदेशका क्षेत्रीय प्रबन्धक विज्ञान गौतमको उपस्थितिमा शाखाको सुरुआत गरिएको हो। योसँगै फाइनान्सको देशभर कुल २० वटा शाखा कार्यालय र २ वटा एक्सटेन्सन काउन्टर भएका छन्।

एटीएम सेवा, एसएमएस बैंकिङ सेवा, ई–बैंकिङ सेवा, ईसीसी सेवा, आईपीएस/कनेक्ट आईपीएस सेवा, मोबाइल बैंकिङ, सेफ डिपोजिट लकर, सुविधा, टप अप फ्यासिलिटिज्, विभिन्न विप्रेषन (रेमिट्यान्स) सेवा तथा डीपी सेवा र सी–आस्बालगायतका बैंकिङ सेवाका साथै व्यक्तिगत खाताका लागि ३ लाख रुपैयाँसम्मको निक्षेप बीमासमेत गरिएको फाइनान्सले जनाएको छ।