काठमाण्डौ। कास्कीको पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरस्थित मातृशिशु मितेरी अस्पतालमा प्रभु बैंक लिमिटेडले आज सोमबारदेखि आफ्नो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ।
अस्पताल परिसरमा बिहान १० बजे गण्डकी प्रदेशका प्रदेश सभासद कृष्णबहादुर थापाले एक समारोहका वीच प्रभुको एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका छन्। अस्पतालमा सञ्चालित प्रभु बैंकको एक्सटेन्सन काउन्टरबाट बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म उपचार तथा स्वास्थ्यसम्बन्धी कार्यको सिलसिलामा मातृशिशु मितेरी अस्पतालमा आउने सम्पूर्ण सेवाग्राहीलाई बैंकिङ सेवा उपलब्ध हुनेछ। अस्पतालमा आउने सेवाग्राहीले बुझाउनु पर्ने जुनसुकै रकम विना झन्झट सरल एवं सहज रुपमा एक्सटेन्सन काउन्टरमा जम्मा गर्न पाउने बैंकले जनाएको छ।
यस एक्स्टेन्सन काउन्टर सञ्चालनपश्चात मातृशिशु अस्पतालको आर्थिक क्रियाकलाप बैंकिङ प्रणालीमार्फत हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ। साथै, समाजसेवी भावनाले सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिएको बैंकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवाग्राहीको सेवामा समेत उल्लेख्य योगदान पुर्याउने प्रण गरेको छ।
प्रभु बैंकले २१० वटा शाखा कार्यालय, १९५ वटा एटीएम, ५६ वटा एक्सटेन्सन काउन्टर तथा १७ वटा शाखारहित बैंकिङ सेवामार्फत ग्राहकलाई सेवा प्रवाह गरिरहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago