काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई दिइरहेको बैंकिङ सेवासुविधालाई थप प्रभावकारी बनाउने प्र्रायोजनका लागि कास्कीको पोखरा महानगरपालिका–१ वगरस्थित आफ्नो शाखा कार्यालयबाट लकर सुविधा सुरु गरेको छ।
बैंकद्वारा आयोजित एक कार्यक्रमबीच उक्त सुविधाको औपचारिक उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ढकालले गरिमा विकास बैंकले नेपाल राष्ट्र बैंकको निति तथा परिधिमा बसी आफ्नो सेवा विस्तार गर्ने क्रममा पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म आफ्नो शाखा विस्तार गरी हाल नेपाल अधिराज्यभर बैंकले १०६ शाखा कार्यालय र ५१ एटिएमबाट सेवा प्रदान गरिरहेको जानकारी दिए।
ढकालले निकट भविष्यमा थप शाखा सञ्जाल देशका अन्य स्थानहरुबाट समेत विस्तार गर्ने क्रममा बैंक रहेको अवगत गराए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19