काठमाण्डौ । लुम्बिनी विकास बैंकले पोखराको रामबजारमा आजबाट एटीएम सञ्चालनमा ल्याएको छ। 

बैंकको उक्त एटीएमको पोखरा वडा नंं. १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले गरेका छन्। यो एटीएमसँग देशभर बैंकको एटीएमको संख्या १८ पुगेको छ। 

स्थानीयस्तरमा अझै सहज बैंकिङ सेवा पुर्याउने उद्देश्यले रामबजारमा एटीएम सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। 

बैंकले हाल देशभर ८९ वटा शाखा र एउटा एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। 

एटीएम उद्घाटन गर्ने कार्यक्रममा बैंकका सञ्चालक रामचन्द्र सिग्देल, पूर्वअध्यक्ष सुशीलराज पराजुली, पूर्वसञ्चालक बिलबहादुर गुरुङ, सेयरधनीहरु, स्थानीय व्यवसायीलगायत सर्वसाधारणको उपस्थिति थियो।