काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आजबाट पोखराका चिप्लेढुंगामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाको उद्घाटन प्रमुख अतिथि नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशका निर्देशक ईश्वरीप्रसाद भट्टराईले गरेका छन्। 

मकवानपुरको हेटौँडामा प्रधान कार्यालय रहेको समृद्धि फाइनान्सको काठमाण्डौको पुतलीसडक र बुटवलमा शाखा रहेका छन्। चितवनमा नारायणगढमा पनि पाँचौँ शाखा सञ्चालनमा आइसकेको र छिटै औपचारिक उद्घाटन गर्ने तयारी भइरहेको संस्थाले जनाएको छ। 

पोखराको नयाँ शाखासहित समृद्धि फाइनान्सको देशभरि शाखा सञ्जाल पाँचवटा पुगेको छ। समृद्धि फाइनान्सले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ।

समृद्धि फाइनान्सको आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङलगायतका सेवाहरु सञ्चालनमा रहेका छन्। निक्षेपमा आकर्षक ब्याजदर कायम गरेको संस्थाले हायर पर्चेज, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जालगायतका कर्जा प्रवाह गरिरहेको छ।