पोखरा । टीभीएस मोटर कम्पनीको नेपालका लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले पोखरामा आफ्नो पहिलो एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ।
गत चैत १२ गते शनिबार आयोजना भएको उक्त राइड पोखराको नयाँबजारस्थित बतास ब्रदसको टीभीएस शोरुमबाट सुरु भएर लेकसाइड, हेम्जा हुँदै नौडाँडास्थित हिमालयन देउराली रिसोर्ट सम्म पुगेको थियो। त्यहाँ सहभागीहरुबीच विभिन्न मनोरन्जनात्मक र अन्तरक्रियात्मक कार्यक्रमहरु गरिएको थियो।
राइडमा टीभीएस एनटर्कका ९३ जना राइडर सहभागी रहेको जगदम्बा मोटर्सकी स्कुटर सेगमेन्ट हेड करुणा पुडासैनीले जानकारी दिइन्। टीभीएस एनटर्कका राइडरहरुबीच आत्मीयता बढाउन तथा ग्राहक र कम्पनीबीचको सम्बन्ध थप प्रगाढ बनाउन राइड सफल भएको उनले बताइन्।
उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ। नेपालमा टीभीएस एनटर्क ५० हजार बिक्री भएको अवसरमा राइड आयोजना गरिएको हो। राइडमा सहभागीहरुबीच विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलाइएको थियो। विजेतालाई बतास व्रदर्शका सिओओ राजेश रानाभाटले पुरस्कार वितरण गरेका थिए।
राइडमा प्रसिद्ध मोटो भ्लगर सुरक्षा केसी र पोखराका अरु मोटो भ्लगर्सहरुको पनि सहभागिता थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago