काठमाण्डौ । ‘पोखरामा थप एक दिन’ भन्ने सन्देश बोकेको अन्नपूर्ण केबुलकार पोखरा सेदीबगरदेखि नेपालकै सबैभन्दा लोकप्रिय हिल स्टेसन सराङकोटमा अवस्थित छ।
नयाँ बर्षको पूर्वसन्ध्यामा होटेल एसोसियसन पोखराले आयोजना गरेको यो वर्षको फेवा महोत्सवमा अन्नपूर्ण केबुलकार मुख्य प्रायोजक रहेर एक विशेष आकर्षण बनी आगन्तुकहरुको मन जित्न तत्पर रहेको छ।
पोखरा उपत्यकाको पश्चिम उत्तरी भागको सेदिबगरबाट अन्नपूर्ण केबुलकार चढी सराङकोटबाट आगन्तुकहरुले अन्नपूर्ण माछापुच्छ्रे हिमालको शृखलासँगै सूर्योदयको मनोरम दृश्यको आनन्दका साथ सुबिधा सम्पन्न होटेलहरुको सेवा तथा जिप फ्लाएरको समेत साहसिक अनुभव लिन सक्नेछन्।
यसका साथै केबुलकारबाट पोखरा सहर, फेवाताल, शिव प्रतिमा, विश्व शान्ति प्यागोडालगायतका दृश्य पनि हेर्न सक्नेछन्। पोखरामा नयाँ अनुभवका लागि अन्नपूर्ण केबुलकार थप एक दिनको गन्तव्य बनेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19